हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर ६ स्थित कैलाशपुरी माध्यामिक बिद्यालयले आज ५० औ स्वर्णजयन्ती मनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सोहि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर टमटाको अध्यक्षतामा स्थापना भएको ५० वर्षको अवसर पारी स्वर्णजयन्ती मनाएको हो ।
यस अघि हरेक वर्ष वार्षिक उत्सव मनाउदै आएको यस विद्यालयले यस पटक भने स्वर्ण जयन्ती मनाएको हो । स्वर्ण जयन्तीको अवसर पारी उक्त विद्यालयले प्रकासन गर्न लागेको स्मारीकाको पनि विमोचन गरीएको छ । प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उक्त स्मारिकाको विमोचन गर्नु भएको विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले बताउनु भएको छ ।
स्वर्ण जयन्तीको अबसर पारी भब्य रुपमा माएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री बिजया बोहोरा, गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहलाई अतिथिको रुपमा बोलाइएको भएपनि उहाँहरु मौषमको कारणले नआएपछि गाउपालिकाका उपाध्यक्ष सहित वडा नम्बर ३ का वडा अध्यक्ष डिलबहादुर फडेरा, वडा नम्बर ६ का वडा अध्यक्ष विर्ष बुढा लगायत स्थानीय राजनितिक दलका नेताहरुको उपस्थितीमा स्वर्ण जयन्ती मनाएको बताउनु भएको छ ।
कार्यक्रममा उपस्थित विद्यालयका प्रधानाध्यापकहरुले मन्तब्य दिदै संघिय र प्रदेश सरकारले अनुदान स्वरुप शिक्षक कोटाहरु दिएपनि स्थानीय सरकारले केहि गर्न नसकेको प्रति दुखेसो पोख्नु भएको छ । गाउँपालिकामा काम नगरी खाने तमाम करार क्रमचारीहरु राखेपनि हरेक विद्यालयमा विद्यार्थी संख्याको आधारमा अनुदान शिक्षकको व्यबस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भयो ।
विद्यालयको भौतिक संरचनाको अभावसँगै शिक्षकहरुको अभाव हुँदा हुँदै पनि स्थापना कालदेखी ५० वर्ष सम्म पुर्याउनु हुँने सम्पुर्ण विद्यालय व्यबस्थापन समिति,प्रधानाध्याक तथा शिक्षकहरु सहित यहाँका अविभावकलाई धन्यबाद दिदै अधिकांस अविभावक,शिक्षक,विद्यार्थी सँगै कार्यक्रममा सहभागी अधिकांश ििअतथहिरुले यहाँका भौतिक संरचना र शिक्षकहरुको व्यबस्थापन गर्न अनुरोध गरेका छन् ।
५० औ स्वर्णजयन्तीको अवसरपारी विद्यालयको स्थापना कालदेखी हालसम्म गरेको त्याग र सहयोगको कदर गर्दै विद्यालयका प्रथम प्रधानाध्यापक महाविर छत्याल सहित सबैलाई सम्मान समेत गरीएको विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर टमटाले बताउनु भयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र गाउँ कमिटिका उपाध्यक्ष दृघ सिंह,नेकपा एमाले गाउँकमिटिका अध्यक्ष बुध भण्डारी, नेपाली काँग्रेश गाउँ कार्यसमितिका सभापति विस्नु भण्डारी, वडा अध्यक्षहरु, विद्यालयका भुतपुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले पनि उक्त स्वर्ण जयन्तीको अवसर पारी शुभकामना मन्तब्य दिनु भएको छ भने सोही कार्यक्रमलाई रोचक बनाउनको लागि विद्यालयका विद्यार्थीहरुले सदन वाइज नृत्य प्रदर्शन गरीएको सम्बन्धीत स्थलबाट हाम्रा सहकर्मी कालीबहादुर थापाले खबर पठाउनु भएको छ ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र गाउँ कमिटिका उपाध्यक्ष दृघ सिंहले स्वर्ण जयन्तीको अवसर पारी शुभकामना मन्तब्य दिदै शिक्षकहरु निरन्तर विद्यालयमा खटीएको भएतापनि निजामती क्रमचारीहरु दशै र अषाढ मषान्तमा मात्रै तलब भत्ता खान तथा खुवाउन मात्र आउने गरेको गुनासो गरेका छन् यस्तै स्वास्थ्य सस्थामा थुप्रै कार्यक्रम हुँने भएपनि गाउँपालिकामा के हुँन्छन् थाहा नभएको तर कुनाकन्दरा तिर कुनै कार्यक्रम नगरेको पनि बताए ।
यस्तै नेकपा एमाले अदानचुली गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीले यस्तो स्वर्ण अबसरमा गाउँपालिकाका अध्यक्ष, मात्र नभएर यहाँका माननिय,मन्त्री देखी गाउँपालिकाका शिक्षा शाँखा प्रमुख र अधिकृत किन नआएको भन्दै उपाध्यक्षले यसको ह्याक्का राख्न अनुरोध गर्नु भएको छ ।
नेपाली काँग्रेश गाउँ कार्यसमितिका सभापति विस्नु भण्डारीले यो विद्याको मन्दीर भएकाले कोही कसैले राजनिति नगरी गुणस्तरीय शिक्षा र सडकको लागि एकजुट हुँन आग्रह गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले विद्यालयको इतिहास देखी स्थापनाकाल देखी अहिले सम्मका विद्यालय ब्यबस्थापन समिति र शिक्षक तथा प्रधानाध्यापकको योगदानको बारेमा चर्चा गर्दै २०३१ सालमा गुम्माडाँडा, राँका हुँदै अहिले मावि सञ्चालन सम्म यस ठाउँमा आइपुगेको समेत चर्चा गर्नु भएको छ ।
यसैगरी विद्यालयका प्रधानाध्इापक बुढाले गतवर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै गतवर्षको अल्या ८ लाख, तलब भतता निकासा ५३ लाख १० हजार,पालीकाबाट थप १८ हजार, शैक्षिक गुणस्तर निकासा २ लाख, विविध निकासा २ लाख र पुँजिगत निकासा ३ लाख ७८ हजार गरी जम्मा कुल आम्दानी रकम रु ८५ लाख रहेको छ । ७९ लाख खर्च र बैंक मौजा ५ लाख रहेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले विद्यालयको इतिहास देखी स्थापनाकाल देखी अहिले सम्मका विद्यालय ब्यबस्थापन समिति र शिक्षक तथा प्रधानाध्यापकको योगदानको बारेमा चर्चा गर्दै २०३१ सालमा गुम्माडाँडा, राँका हुँदै अहिले मावि सञ्चालन सम्म यस ठाउँमा आइपुगेको समेत चर्चा गर्नु भएको छ ।
वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष सिंह बोहोराले वडा देखी गाउँपालिकाका जिम्मेवार ब्यक्तिहरु बाहिरीने र भनाइ पाउने उपाध्यक्ष र काबाले पाउनु पर्ने अदानचुलीको बाध्यता रहेको बताउनु भयो । यसैगरी कार्यपालिकाका सदस्य छ्याउकला रोकायाले दिनभर पुरुषहरुले मात्रै मञ्च पाएर बोलेको प्रति दुखेसो पोख्दै अब महिलाहरु जाग्नु पर्ने बताउनु भयो ।