हुम्ला । जिल्लाका बिद्यालयले हरेक शुक्रबार गर्दै आएको शुक्रबारीय अन्त्रक्रिया मार्फत अदानचुलीको सुर्याेदय माध्यामिक बिद्यालयमा सुचना तथा संञ्चार प्रबिधि सम्बन्धी जानकारी गरिएको छ । यस अघि बिद्यालयमा शुक्रबारीय कार्यक्रममा बिभिन्न अतिरिक्त बियाकलाप गर्दै आएको भएपनि यस पटक सुचना तथा संञ्चार प्रबिधि सम्बन्धी जानकारी गरिएको हो ।
बिश्वमा सुचना र प्रबिधिमा बढ्दो प्रयोगलाई मध्यनजर गर्दै बिद्यालयमा आइ सिटि सम्बन्धी जानकारी गरिएको प्रधानाध्यापक टंक ध्वज खत्रीले जानकारी दिनु भएको छ । बिद्यालयमा भएका बिद्यार्थीहरुलाई परियोजना कार्य अन्त्रगत सुचना र संञ्चार बढ्दो प्रयोग लोक बाजा, लोक भाका, लोक नृत्य, लोक संकृतिका बारेमा जानकारी दिइएको छ । पालिका क्षेत्रमा पनि अहिलेको समयमा सामाजिक संञ्जालको प्रयोग बढ्दै गइ रहेको समयमा बिद्यार्थीहरुले यसलाई सही सदुपयोग गरुन भन्ने उद्येश्यले यस सम्बन्धी जानकारी गरिएको हो ।
प्रबिधिको बढ्दो बिकास सँगै बिद्यालयमा आई सिटिको जानकारी गराउने प्रयाप्त माध्यम भएको भन्दै बिद्यार्थीहरुलाई जानकारी गराइएको छ । हाल बिद्यालयमा भएका कक्षा ६ देखी १० सम्मका बिद्यार्थीहरुलाई शुक्रबार सामाजिक बिषयका शिक्षक केसब बोगटीले प्र्र्र्र्र्र्रशिक्षण दिनु भएको हो । बिद्यार्थीहरुलाई सामान्य किसिमको गुगल म्यापबाट आफुलो खोजेको स्थान पत्ता लगाउन सिकाई बिभिन्न्न हार्ड वयर, सप्ठवयरका सामाग्रीहरुको जानकारी गरिएको छ ।
सोही बिषयमा प्रशिक्षण दिँदै बिभिन्न परम्परागत रुपमा प्रयोग हुँदै आएका रैथाने प्रबिधि हराउने खतरामा रहेको भन्दै बिद्यार्थीलाई जानकारी गरिएको थियो । ति मध्य केही रैथाने प्रबिधि समेत गाउँघरहरुबाट लोप भइसकेको देख्न सकिने चित्रण गरिएको थियो । बिद्यालयमा प्रोजेक्टर मार्फत बिद्यार्थीहरुको सिकाई थप सहयोग गरिएको छ । प्रशिक्षण समेत रहनु भएका शिक्षक बोगटीले बिद्यार्थीहरुलाई सामाजिक संञ्जालको प्रयोग देश दुनियामा भएका बिभिन्न जानकारी सँगै नयाँ कुरा जान्नका लागि मात्र प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
देशका अन्य ठाउँमा प्रबिधिमैत्री रुपमा अध्यन भई रहेको समयमा जिल्लामा भर्खरै आई सि टि सम्बन्धीको जानकारी गराउन थालिएको छ । हाल सोही बिद्यालयमा प्रयाप्त मात्रामा कम्प्युटर ल्याप भएकाले बिद्यार्थीहरुलाई बिभिन्न प्रबिधिको सिकाईमा सहजता हुने गरेको बिद्यार्थीहरुको भनाई रहेको छ ।