हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाको सुर्याेदय माध्यामिक बिद्यालयमा २०५६ सालमा बिद्याकी देबी सरस्वती माताको निर्माण गरिएको मन्दिर जिर्ण हुँदा २०८१ सालमा आफ्नै पहलमा पुनः निर्माण गरेर शिक्षक धर्मेन्द्र थापा सेवा निबृति भरण भई अनिवार्य अबकास पछि फर्किनु भएको छ । ब्यात्तीगत लगानीमा ढुङ्गा र सिमेन्टको प्रयोग गरिएर निर्माण गरिएको मन्दिर केही बर्ष यता जिर्ण हुँदै गएपछि पुन निर्माण गर्न अदानचुली गाउँपालिकालाई आफैले पहल गरेर पुनः निर्माण पछि फर्किनु भएको हो ।
शिक्षक थापाले २०४६ सालदेखी २०६४ साल सम्म सुर्याेदयमा अध्यापन गराउदै गर्दा मन्दिर निर्माणमा आश्यक सामाग्री सिमेन्ट सरियाको भारी सुर्खेतबाट पैदल हिडेर ल्याउनु भएको थियो । उहाँले हुम्लाको भोकमरी, रोगमरी लगायतका भौगिलक पिडा सहनु भयो । शिक्षक थापा आफु सहरमा हुर्किएको भएपनि सधै गाउकै भेष पहिरनमा बढी रमाउनु भयो । दुर दराजका गाउँहरुमा निस्वार्थ भई शिक्षाको ज्योती छरेर एक असल शिक्षकको गुण छरेर यस भन्दा पछिका शिक्षलाई समेत उदाहरण दिएर ६० बर्ष शिक्षक पेसामा रही आबकास हुनु भएको छ ।
यस क्षेत्रमा देबि देवताको माडौँ भएका तर कुनै पनि मन्दिर नभएको अबस्थामा ०५७ सालमा निर्माण गरिएको मन्दिर जिर्ण बन्दा सडकको पहुँच पुगे सँगै पक्की निर्माण गरिएको छ । बिद्यालया भएको मन्दिरमा शिक्षक देखी बिद्यार्थीका साथै अन्यले समेत पुजा आजा गर्ने गरेका थिए । यस क्षेत्रमा अन्य मन्दिर नभएको समयमा नेपाली नारीहरुको महान चाँड हरितालिका तिज, सरस्वती पुजा लगायत अन्य पुजा गर्न समेत सोही मन्दिरमा जाने गरेका थिए ।
उहाँको पहलमा हाल पुनः निर्माण गरिएको मन्दिरको शैलि भुकम्प रहीत आर सी सी तबरमा निर्माण गरिएको छ भने मन्दिरको चारै तिर बिभिन्न किसिमका ड्रिम बल्ब राखिएको छ । पालिकमा पुगेको सडकको पहँुचले मन्दिर निर्माणमा झन आर्कषण थपेको छ । मन्दिर हेर्दै आर्कषक देखिन थालेको छ ।
उत्त समयमा ताँजाकोट गाउँपालिका, सर्केगाड गाउँपालिका र सोरु गाउँपालिकाको भिई, धैन लगायतका बिद्यार्थीलाई शिक्षक थापाले सुर्याेदयमा अध्यापन गराउनु भएको थियो । यस क्षेत्रको सुर्याेदय माबि बाहेक अन्य माबि नभएको समयमा सोही बिद्यालयमा अध्यन गरेको पाइएको हो ।
२०४६ सालमा निम्न माध्यामिक तह सामाजिक बिषयको स्थिाई नियुत्ती लिएर तत्कालीन श्रीनगर गा.बि.सको सुर्याेदय माबिमा आउनु भएका शिक्षक थापाले मन्दिर मात्र निर्माण नगरी याहाँका नागरीकलाई डकर्मी, सिकर्मी लगायतका अन्य आत्म निर्भर हुने खालका सिप सँगै भलिबल लगायतका अन्य खेल समेत सिकाउनु भएको थियो । उहाँ सुर्याेदय माबिमा शिक्षक पेसामा रहदै गर्दा बिद्यालयलाई धेरै पटक तत्कालीन जिल्ला स्तरीय बिरेन्द्र शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता समेत बनाउनु भएको थियो ।
उहाँको बहु प्रतिभा सालीको सम्मान गर्दै गाउँपालिका भरीका अबिभावक, शिक्षक, बिद्यार्थी लगायतकाले सम्मानका साथ सुर्याेदयमा माबिमा बिदाई गरेका हुन । शिक्षक थापाले सुर्याेदय माबि पछि २०६५ सालपछि पालिकाकै सल्लाघारी माबिमा शिक्षण पेसा गर्नु भएको थियो । मंगलबार सल्लघारी माबिले बिदाई कार्यक्रम मार्फत बिदाई गरेपनि बुधबार सुर्योदय माबिले बिदाई कार्यक्तम मार्फत बिदाई गरेको छ ।