हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका स्थित क्षती ग्रस्त कुकुर फाल्ना लघु जल बिद्युतको पावर हाउसमा बत्ती बलेको भएपनि गाउपालिकाले एमबि नउठाए सम्म गाउँमा नछोड्ने निर्माण उपभोत्ता समितिको भनाइ रहेको छ । ३ बर्ष अगाडी देखी बाढी पहिरोका कारण इन टेंस सहित पुरै नहर बगाएर पुर्ण रुपमा क्षती भएको बिद्युत ३ बर्ष पछि मर्मत कार्य सम्पन्न भई बलेको भएपनि गाउपालिकाले एम बि नउठाउदा सम्म पालिका बस्तीमा नछोड्ने निर्माण समितिका अध्यक्ष जयऋषी जैसीको भनाइ रहेको छ ।
खोलाले बगाएको इन टेंक सहितको नहर मर्मत सम्पन्नपछि फोर वयमा पानि झारेर परिक्षण गर्दा पावर हाउसमा बत्ती बलेको भएपनि अझै मर्मत गर्न बाँकी रहेको बताउनु भएको छ । यस अघि पावर हाउसमा सामान्य नहर भएपनि यतिबेला पालाष्टिकको एच डि पि पाईप हालिएको छ । लाईनमा राखिएको ५ सय ६ पि एमका पाईप मध्ये अदानचुली गाउँपालिकाले ५५ मिटरको जिम्मा आफुले लिने भनिएको भएपनि एम बि नउठाएको बताउनु भयो । पावर हाउसमा निकै लामो समयपछि पुनः बलेको बत्ती असोज १ गते परेको बाबा बिश्वकर्माको पुजाका दिन छोड्ने निर्माण समितिले निर्णय गरिएपनि पालिकाले एम बि नउडाए सम्म गाउँमा नछोड्ने भन्दै बताउनु भयो ……………………………
जयऋषी जैसीको आवाज १
बृन्दाबासिन कन्ट्रक्सन प्रा.लि लार्ई पाईप खरिद र ढुवानीको जिम्मा दिएर स्थानिय नागरीकको सक्रियता मर्मत गर्ने सम्झौता अनुसार मर्मत भएको बताउदै हाल सम्म २ करोड रकम निकासा भएको र २ करोड बढी दिन बाँकी रहेको बताउनु भएको छ । यस अघिको समयमा गाउँपालिकामा दुई दुई ओटा पावर हाउस भएपनि गत बर्षको बाढीका कारण दुबै पावर हाउसमा पुर्ण क्षती भएको थियो । कुकुर फाल्ना जलबिद्युत आयोजनाको इन टेंक र नहर मात्र बगाएको भएपनि यताको छहराखेत लघु जलबिद्युत आयोजनाको इन टेंक सहित पावर हाउस पनि बगाएको छ । सम्बन्धीत निकायबाट दुबै बिद्युतलाई बजेट नराख्दा अहिले सम्म संञ्चालनमा आउन नसकेको पाइएको छ । यस्तै कुकुर फाल्ना जलबिद्युतलाई मर्मतका लागि बजेटको ब्याबस्था भएपछि मर्मत सम्पन्न भएको जनाएका छन् ।
कुकुर फाल्न जलबिद्युतका लागि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट गत बर्ष र यस बर्ष गरी २ करोड र अदानचुली गाउँपालिकाबाट गत र यो आर्थिक बर्ष गरी ६५ लाख गरी जम्मा २ करोड ६५ लाखको बजेट उपलब्ध भएको र बाँकी रकम उपलब्ध हुन नसकेको बताउनु भएको छ । गाउँपालिकाले प्राबिधिकको टोलीलाई लिएर एम बि उठाउनुहोस रकम ढिलो चाडो एक दिन उपलब्ध गराउने जानकारी आफुलाई आएको भन्दै पुनः बताउनु निर्माण समिति अध्यक्ष जैसी………………………..
जयऋषी जैसीको आवाज २
१ सय १० किलो वाट क्षमताको उक्त बत्तीबाट हालका लागि गाउँपालिकाको वडा नम्बर ३ को गोरपाली ढकानीकुना, वडा नम्बर ४, ५ र ६ का नागरीक बिजुलीको पहुँजमा जोडिने भएका छन । उक्त पावर हाउसबाट बत्तीको क्षमता बृद्धि गरेर गाउँपालिका भर बाल्ने समेत निर्माण समिति अध्यक्ष जैसीले आसवासन दिनु भएको छ । जिल्लाका सबै ठाउँका नागरीक बिजुलीको पहुँजमा जोडिएको भएपनि अदानचुली गाउँपालिका अहिले सम्म अन्धकार जस्तै बनेको छ ।