नाचगान देखी देउडामा हरितालिका तिज


हुम्ला । जिल्लाका अधिकांस ठाउमा नाच गान हुदै देउडा खेलेर हरितालिका तिज मनाइएको छ । अन्य क्षेत्रमा बिशेष नाचगानका साथ बिभिध कार्यक्रमको आयोजना गरि मनाइने गरिएको भएपनि अदानचुली गाउँपालिकामा जिर्जल ब्रत बसेका महिलाहरुद्धारा नाच गान हुदै देउडा खेलेर तिज मनाइएको हो ।

तिजको अघिल्लो दिन बिहिबार दर खाएका महिलाहरुले तिजको बिहान ब्रत बसि दिनमा नाच्न मन पराउनेले तिजका गितहरुमा नाचेर मनाएका छन भने नाच्न अप्ठेरो मान्ने महिलाहरुले देउडा मार्फत आफ्ना मनका पिर बेथा पोखेर तिज मनाएको पाइएको छ । अदानचुली गाउँपालिकामा यस बर्ष स्थानिय सरकारले तिज बिशेषका कुनै पनि गतिबिधि नगरेपछि महिलाहरुले आ आफ्ना गाउँ तथा टोलहरुमा स्पिकर मार्फत गित बजाएर नाचगान गरी तिज मनाएका छन ।

यस क्षेत्र आसपासका महिलाहरुले गाउँमा भन्दा खुला कार्यक्रम हुने ठाउँहरुमा गई देउडा मार्फत महिलामाथि अहिले पनि भइरहेको बिभेद बिरुद्धका देउडा गित मार्फत तिजलाई रमाइलो पन दिएको बिभिन्न ठाउँबाट हाम्रा स्थानिय संवादाताले जानकारी दिनु भएको छ । आजकैदिन ब्रतालु महिलाहरुले शिव मन्दिर तथा शिव पिठमा गई पुजा आज गरेको पाइएको छ । यस्तै अदानचुली २ मा रहेको राईढुङ्गा स्थित शिव मन्दिरमा गई पुजा आजा गरेको पाइएको छ ।

सोही मन्दिरमा आजकै दिन ब्रतालु महिलाहरुले पुजा आजा गरेको भएपनि मन्दिर पवित्र भने नमान्ने देखिएको छ । मन्दिर परिसर खुला रुपमा जथाभाबी प्रबेश गर्ने गरैकै कारण मन्दिरको पवित्रता हरण भएको पाइएको छ । एका बिहानै मन्दिरमा पुजाका लागि निस्किएका महिलाहरुले मन्दिर भित्र चुरोटका ठुटा, मेघा श्री का खोष्टा, पलाष्टिकका बोतल र रक्सिका बोतल समेत रहेको पाइएको छ । उहाका अनुसार आफुले सोही फोहोरलाई ब्याबस्थापन गरी पुजा आजा गरेको बताउनु भएको छ ।

आजकै दिन हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यस अर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास रहेको छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।
विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा अनुसार पुजा गरीएको छ । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हने गरेको भएपनि जिल्लामा आजबाटै तिजको अन्तिम हुने गरेको छ ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ । हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ । तीजका लागि सरकारले आज सार्वजनिक विदा समेत दिएको थियो ।

प्रकाशित मितिः     २१ भाद्र २०८१, शुक्रबार १८:२४  |