हुम्ला । निजामती सेवा दिवसको अबसरमा हुम्लाका छत्त बोगटी निजामती कर्मचारी पुरस्कृत भएका छन । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ का बोगटी २०८१ सालको निजमत सेवा दिवसमा निजामती कर्मचारी पुरस्कृत भएका हुन ।
नेपाल सरकारले हरेक बर्ष निजामती सेवा दिवसका दिन देशका उत्कृष्ट कार्य गर्ने निजामती कर्मचारी पुरस्कृत गर्दै आएकोमा यस बर्ष व्यावसायिक र सृजनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ हुम्ला जिल्लाबाट बोगटी पुरस्कृत भएका छन । उनी उत्कृष्ट ४० निजामती कर्मचारी मध्य २६ नम्बरमा पुरस्कृत भएका हुन ।
तत्कालिन श्रीनगर गा.बि.समा जन्मिएका बोगटी हाल हुम्ला जिल्ला अदालतमा नायब सुब्बाको रुपमा कार्यरत छन । गाउँमै रहेको श्री सुर्यादय उच्च माध्यामिक बिद्यालयबाट २०६४ सालमा एस.एल.सि उतिर्ण गरी २०६५।०६६ मा सोही बिद्यालयबाट माध्यामिक शिक्षा उतिर्ण भएका थिए । बोगटीले कक्षा १२ उतिर्ण पछि अध्यनकै लागि घर छाडेर जुम्लाको कर्णाली प्राबिधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियर २०७१ सालमा उतिर्ण गरेको भएपनि उनि २०७२ सालमा लोक सेवा आयोगले लिएका परिक्षामा सहभागी भई डिठ्ठामा मुगु जिल्ला अदालतमा सिफरीस भएका थिए ।
२०७९ सालमा मुगु जिल्ला अदालतबाट डिठ्ठा पदबाट स्तर बृद्धि भई हुम्ला जिल्ला अदालतका नायब सुब्बामा आई हाल सोही अदालतका कार्यरत निजामती कर्मचारी हुन । उनको शैक्षिक योग्यता डिप्लोमा सिभिल इन्जिनियरिङ, स्नातक तहमा कानुन, जनसंख्या गतिशीलता सँगै अंग्रेजी र स्नातकोत्तरमा सार्वजनिक प्रशासन गरेका छन । बिद्यालय तहमा समेत अति मेहनतीका रुपमा रहेका बोगटी अन्तत २०८१ सालमा निजामती कर्मचारी पुरस्कृत भएका हुन ।
बोगटीले तेती मात्र नभएर अध्यनसँगै साहित्य क्षेत्रमा समेत रेखा कोरेका छन । उनले सुवा नामक गजल कृती समेत सार्वजनिक यस अघिनै गरी केका छन ।