हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकामा आधारभुत बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियोता गरि ५८ औ सारक्षता दिवस मनाइएको छ । बहुभाषिक शिक्षाको प्रबद्धन, पारिस्पारिक समझदारी र शान्तिको लागि साक्षरता भन्ने मुल नाराका साथ अन्तर आधारभुत बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियो गिता संञ्चालन गरिएको हो ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको शिक्षा इकाई तथा इकाई तथा मानव स्रोत बिकास केन्द्रको परिपत्र अनुसार गाउँपालिकामा पनि दिवस मनाइएको छ । बिभागले हरेक स्थानिय तहको शिक्षा युवा तथा खेलकुद शाखालाई जिम्मा दिएको भएपनि अदानचुली गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी पालिकामा नभई दिवसकालागि कुनैपनि निकाय तयार नभएपछि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया कसरी आफैले कसरी दिवस मनाउने भनी शिक्षक सँग गरिएको समन्वयपछि दिवस मनाइएको हो ।
हाजिर जवाफले पालिकामा भएका बिद्यालयको भौतिक नभई शैक्षिक अनुगमनको प्रतिफल समेत प्राप्त गर्न सफल भएको छ । गाउँपालिकाको मुटुका रुपमा लिदै आएको सुर्याेदय माध्यामिक बिद्यालयमा संत्तचालन गरिएको हाजिर जवाफ प्रतियोगितामा ८ वटै आधारभुत बिद्यालयहरुले सहभागी जनाएका थिए । प्रतियोगितामा ९६ प्रश्नहरु राखिएकोमा सुरुवाती चरणमै नम्बर रोज्ने मौका नगुमाएर अंक प्राप्त गरेको जनकल्याण आधारभुत बिद्यालयले अग्रता कायम गर्दै १८ अंक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
यस्तै १५ अंक सहित छत्रपाल आधारभुत बिद्यालय दृतिय भएको छ भने १३ अंक सहित ज्ञानोदय माध्यामिक बिद्यालय तृतिय र १२ अंक सहित सुर्याेदय माध्यामिक बिद्यालयले गरी प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेको छ । हाजिर जवाफ प्रतियोगितामा जनप्रिय आधारभुत बिद्यालय, सल्लाघारी माध्यामिक बिद्यालय, हिमालचुली आधारभुत बिद्यालय र कैलाशपुरी माध्यामिक बिद्यालयले समेत सहभागी जनाएका थिए । प्रतियोगिता सहभागी बिद्यालयलाई गाउँपालिकाले प्रमाण पत्र सहित सम्मान गरेको छ । यस्तै स्थान हासिल गर्ने ४ वटा बिद्यालयका बिद्यार्थीहरुलाई स्टेशनरीका सामाग्रीले पुरस्कृत समेत गरेको छ ।
कार्यक्रम गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र फडेराको अध्यक्षतामा, गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा, ३ नम्बर वडा अध्यक्ष डिल बहादुर फडेरा, अन्य जनप्रतिनिधि, बिद्यालयका प्रअ तथा शिक्षक र बिद्यार्थीहरुको उपस्थितमा संञ्चालन गरिएको थियो ।