हुम्ला । जिल्लाका बिभिन्न देवताको महत्वका रुपमा रहेको अनन्ते तथा माझ पुर्णिमा जिल्लामा धाम नाच र देउडा खेल लगाएर मनाइएको छ । एकादशी तिथिका रातीबाट देउडा खेलसँगै तिर्थ बर्त पुजा पाठ लगायतका देवताका बिभिन्न कार्य सम्पन्न पछि पुर्णिमा तिथीका दिन देवालयमा धाम नाच गरेर माझ पुर्णिमा मनाइएको हो ।
बिशेष देवताको पुजा आरधनाबाट सुरु गरिएको अनन्ते पुर्णिमा पालिकाको केही ठाउँहरुमा बिहान देखी धाम नाच गरिएको छ भने केही ठाउँमा साँझ पखबाट सुरी सम्पन्न भएको छ । पालिकाको वडा नन्बर ४ अन्त्रगत पर्ने लौठ पाम्समा मध्यन्नबाट सुरु गरिएको देवताको धाम नाच साँझ पख सम्पन्न भएको एक प्रत्यक्षदर्शीले जानकारी दिनु भएको छ । प्रत्यक्ष दर्शीका अनुसार सोही ठाउँ र गल्बाबाट गएका महादेबका धामीले धाम गरेर जात्रो समेत गल्बा तिर फर्किएको बताइएको छ । गल्बाको माझ खाडा र मौलामा साँझपखबाट सुरु भएको धान नाच हेर्र्नका लागि जात्रो यता तर्फ आउने गरेको पाइएको छ । सोही क्षेत्रमा अदानचुली २ र ३ का धामीहरुले आफ्नो नाच देखाउने गरेको पाइएको छ ।
परम्परागत शैलिमा दमाहको बाजा तालमा फरक देवताले फरक फरक चालमा धाम नाच देखाउन गरेको पाइएको छ । केही धामी हरुले आफ्नो दैबिक शत्ती प्रकटकालागि आफुले प्रयोग गर्दै आएको फलामको डण्डी (सोटो) भाच्ने, जमारा निकाल्ने र दुध निकाल्ने लगायतका कार्य गरेको पाइएको छ । उता अदानचुली १ को कल्खेमा चतुदशी तिथिको साँझबाट सुरु गरिएको देउडा आयोजना सम्पन्न भएको छ भने माथिल्लो कल्खेमा धाम नाच भएको जनाइएको छ ।
सोही धाम नाच हेर्नका लागि बिभिन्न ठाउँबाट भत्तजनहरुको जात्रो समेत आउने गरेको जनाइएको छ । पुर्णिमा तिथिमा धाम नाच हेर्न नागरीकहरु न्या कपाडाका साथै बिभिन्न भेषमा देखिने गरेको पाइएको छ । माझ पुर्णिमा अन्तिम दिन आजै हुने भएकाले बिभिन्न ठाउँको धाम नाच सम्पन्नपछि बिभिन्न उमेर समुहका युवा युवतीहरुले देउडा समेत खेल्ने गरिएको छ । आज सोही मेलाका लागि सुरक्षा ब्याबस्थापन समेत कडा गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।