हुम्ला । देशब्यापी रुपमा मनाइएको संबिधा दिवस अदानचुली गाउँपालिकाले पनि मनाएको छ । पालिकाले देउडा तथा हाजिर जवाफसँगै बिधित कार्यक्रम गरी संबिधान दिवस मनाएको हो । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जन आन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । अदानचुली गाउँपालिकामा पुरुष देउडा खेलाडीहरुको सक्रियतामा देउडा खेल, स्थानिय बाजा टोलीद्धारा बाजा गाजा र माध्यामिक बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगिता लगायतका कार्यक्रम गरी दिवसलाई भब्य रुपमा मनाइएको छ , । देउडा खेलकालागी पालिकामा रहेको कर्णाली संस्कृतिक संरक्षण केन्द्रलाई पालिकाले जिम्मा दिए अनुसार देउडा खेल समेत खेलाइएको हो ।
स्थानिय स्तरका देउडा खेलाडी मार्फत राजनैतिक, बैचारीक तबरका देउडा गितहरु सुनाएर नागरीलाई रमाइलो पन दिइएको छ । पालिकाको वडा नम्बर २ र ३ सँगै श्रीनगर बजार क्षेत्रमा नाराजुलुस सँगै प्रभात फेरी कार्यक्रम गरिएको थियो । बाजा टोली बोलाइएका अदानचुली १, ३ र ६ वडाका टोलीद्धारा बाजाका साथ कार्यक्रम स्थल प्रबेश गरेर बाजा समेत प्रदर्शन गरिएको थियो । लगत्तै औपाचारीक कार्याक्रमको सुरुवा गरी माध्यामिक बिद्यलाय स्तरीय हाजिर जवाफ प्रतियागिता गरिएको थियो । पालिका भित्र ४ वटा माबि रहेकोमा सबै माबि सहभागी पस्चात ६० वटा बिभिन्न प्रश्नहरु राखि प्रतियोगिताको सुरुवात गरीएको हो ।
प्रतियोगितामा सुरुवाती चरण भन्दा पछि नम्बर प्राप्त गर्न सुरु गरेको सुर्याेदय माध्यामिक बिद्यालय २१ अक सहित प्रथम भएको छ । सुरुवाती चरणमा १ नम्बर प्राप्त गर्न सुरु गरेको भएपनि ११ अंकले दृतियो भएको छ भने ९ अंक सहित कैलासपुरी माबि तृतिय र सल्लाघारी माध्यामिक बिद्यालयले ८ अंक सहित सान्त्वना भएको छ ।
सहभागी सँगै स्थान हासिल गरेका बिद्यालयलाई प्रमण पत्र र बिद्यार्थीहरुलाई स्टेशनरीका सामाग्री मार्फत पुरस्कृत गरिएको छ । कार्यक्रम गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुबिना गौतमको अध्यक्षतामा, गाउँपलिका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आथित्यमा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनितिक दल, नागरीकहरुको उपस्थिती रहेको थियो ।