श्रीनगर । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै मुगुको सोरु गाउँपालिका पूर्ण साक्षरता घोषणाको तयारीमा रहेको छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन । तीमध्ये कर्णालीका ५ जिल्लाका घोषणा हुन बाँकी रहेको बेला मुगु जिल्लाका केही स्थानिय तह साक्षर घोषणा भएपछि पालिकालाईनै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा गाउँपालिका लागिरहेको छ ।
गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै पालिकालाई शनिबार पुर्ण साक्षरता पालिका घोषणा गर्न लागिएको अधिकृत तिर्थराज शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार पालिकामा रहेका ११ वटै वडाका नागरी साक्षर भएको एक अध्यनले देखाएपछि पालिका पुर्ण साक्षरता घोषणा गर्ने तयारीमा लागेको बताइएको छ । सरकारले देशभरका नागरीकलाई साक्षर बनाउन बिभिन्न खालका शिक्षा ल्याउन थालेपछि पालिकाहरुलाई सहज भएको छ । पालिकाले साक्षर पालिका घोषणमा जनप्रतिनिधि राजनिनितक दल, नागरीक समाज, शिक्षक, शिक्षा प्रेमी लगायतकालाई बोलाएको छ ।
पालिकालाई साक्षरता घोषणाकालागि भन्दै गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही, उपाध्यक्ष केशर बहादुर शाहीको निर्देशनमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निर्मल देवकोटाले सुरु गरेको साक्षरता पालिका अभियानसम्पन्नपछि साक्षर पालिका घोषणा गर्न लागिएको हो । पुर्ण साक्षरता अभियानमा केही समय अगाडीबाट लागि परेको गाउँपालिका असोजमा सफल भएको छ । साक्षरता घोषणा कार्यक्रममा अछामी देउडा खेलाडी पानसरा थापा नयाँ इन्द्रेणी टिमलाई देउडाकालागि पालिकामा बोलाएको छ ।
गाउँपालिकाले जारी गरेको सुचना