चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ


श्रीनगर । हुम्लामा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बस्तीतर्फ झर्न थालेका छन । अदानचुली गाउँपालिका भित्रका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गरेसँगै यतिबेला तल्लो क्षेत्रमा झर्न थालेका हुन ।

उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरूले बताउने गरेका छन । यतिबेला पािलकाको हिमाली क्षेत्रमा चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिएको छ । चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्राहरूलाई आहारको समस्या हुने गरेको अदानचुली गाउँपालिका वडा नम्बर २ का कल बहादुर बुढाले बताउनु भएको छ ।

बर्खाको बेला उच्च लेकाली भेगका ढिँडा, सैन लगायतका पाटन क्षेत्रमा लैजाने गरेको भएपनि यतिबेला मनबस्ती भएका बेसी तथा चिसो कम हुने क्षेत्रमा भार्ने गरिएको बताउनु भएको छ । हिउँदमा चरनका लागि हिमपात भएको छोटो समयमै हिउँ पग्लने क्षेत्रमा भेडी गोठ सारिने बुढाको भनाइ हरेको छ । केहीले पुर्खेउली र केहीले आल सालै भेडा पालन ब्याबसाय गर्न थालेको जानकारी दिनु भएको छ ।

भेडा पालक किसानहरूले बर्षायामको समयमा ३ हजार ५ सय मिटरदेखि ४ हजार मिटरको उचाइमा भेडी गोठ राख्ने गरेका छन । चैत वैशाखको महिनामा बेंसीबाट चरनका लागि हिमाल क्षेत्र (पाटन) मा भेडा पालक जाने गरेका छन । चिसो सहन नसक्ने भेडालाई जाडोबाट बचाउन बेसी झर्न थालिएको जानकारी दिनुभयो । वर्षभरि लेकबेसी गरेर भेडापालन व्यवसायमा लागिरहेकाहरूलाई हिउँदको समयमा भने निकै सास्ती हुने गरेको उहाँले बताउनु भएको छ ।

हिउदको समयमा सुख्खा जस्तै हुने गरेको पालिका क्षेत्रमा भेडालाई चरिचरनमा निकै समस्या हुने गरेको बताउनु भएको छ । उहाँले भेडा पालन ब्याबसायबाट आम्दानी हुने गरेकोभएपनि कुनै बेला परेको रोगका कारण नोक्सान हुने गरेको बताउनु भएको छ । पालिकाको सबै ठाउँमा प्रयाप्त जंगल समेत नभएका कारण भेड पालन ब्याबसया गर्न निकै कठिन हुने गरेको छ । यतिबेला भेडा पालन ब्यासाय गर्नेका लागि सिजन समेत रहेकाले यो बर्ष पालिका क्षेत्रमा प्रति भेडा ४ दँते देखी ६ दाँते सम्मका (खाल्बा) भेडाको २५ देखी २८ हजार सम्म र भेडिको साईज हेरेर १९ देखि माथि पर्ने गरेको बताउनु भएको छ ।

प्रकाशित मितिः     २० आश्विन २०८१, आईतवार १८:०८  |