पैमा खोलाको मोडमा बालेरो जिप दुर्घटना २ जनाको मृत्यु 


हुम्ला । जिल्लाको ताँजाको गाउँपालिका वडा नम्बर ४ स्थित पैमा खोलाको मोडमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । शनिवार दिउँसो कर्णाली कोरिडोर अन्त्रगतको सर्केगाड गाउँपालिका स्थित सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप ताजाँकोट गाउँपालिका वडा नम्बर २ पैमा खोलाको मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राजा बस्ने ४९ बर्षिय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका वडा नं. ६ का ५ वर्षीय अविशेक बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार बालेरो जिपको गियर बक्स बिग्रेर रोकेको अवस्थामा जिप सडकबाट ब्याक भई ३ सय मिटर तल खसेको हो । उक्त जिपमा चालक सहित सात जना सवार रहेको प्रहरी कार्यलयले जनाएको छ । चलाक गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेर जिप बनाइरहेको समयमा दुर्घटना भएको हो ।

तर, मृतक दुई जना गाडीमै रहेको पाइएको छ । अचानक गाडी ब्याक भएर उक्त घटना भएको प्रहरीले जनाएको छ । बुढा विष्णुसँग नेपालगञ्ज मामा घरमा दसैँ मान्न जान लागेको जनाइएको छ ।
ब्रेकर

प्रकाशित मितिः     १९ आश्विन २०८१, शनिबार १७:१९  |