हुम्ला । अदानचुली गाउँपालिकाकोे श्रीनगरमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखा अन्त्रगत श्रीनगर डिपो केन्द्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि जिल्लामा केही ढिला गरी सञ्चालन गरिएको छ ।
जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चामल मात्रै बिक्रीवितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्रीवितरण गर्न थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी श्रीनगर डिपो केन्द्र प्रमुख प्रम बुढाले बताउनु भएको छ । केहि रुपैयाँ सस्तोको नाममा कसैले धेरै खरिद गर्न सक्ने भन्दै प्रतिव्यक्ति एक बोरा मात्रै र खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता वा फोन नम्बर लिने गरिएको बताउनु भएको छ ।
सुपथ मूल्य पसलमा अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न जिल्लाका पालिकाहरुसँग समन्वय भइरहेको भएपनि यस केन्द्रमा भने तेस्को बयाबस्था नरहेको बताइएको छ । हाल डिपो केन्द्रमा मसिनो चामल मात्र भएकाले केही नागरीकले मात्र लिने गरेको पाइएको छ । आइतबार वडा नम्बर १ को पालो भएपनि केही नागरीकले मात्र लिएको बताइएको छ ।
सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ७ गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन भएकाले केहि तयारी नपुगेकाले केहि ढिलाई भएको कार्यालयले जनाएको छ । सुपथ मूल्य पसल अन्य ठाउँहरुमा आगामी माघ २ गतेसम्म सञ्चालन हुनेभएपनि श्रीनगर डिपो केन्द्रमा असोज ११ गते सम्म मात्र बिक्री बितरण गरिने भएको छ । सरकारले हरेक बर्ष बजार वस्तुहरु अभाव हुन नदिन र नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल गर्दै आएको छ ।
हाल श्रीनगर डिपो केन्द्रमा २ हजार ३ सय ७५ रुपैँया पर्ने जिरा मसिनो चामलको प्रति केजी ५ रुपैँया छुट सहित २ हजार २ सय ५० पर्ने गरेको भएपनि सामान्य नागरीकलाई सोही चामल खरिद गर्न समस्या भएको छ । अन्य अरुवा, सोना मन्सुली लगायतका चामलहरु ख्रिद गर्न आर्थिकले भ्याउने तर मसिनो चामल महँगो मान्ने नागरीकलाई छुटमा भएपनि खरिद गर्न निकै असहज भएको नागरीकको भनाइ रहेको छ । डिपो केन्द्रमा भने जिरा मसिनो बाहेक अन्य चामल नरहेको पाइएको छ ।
अदानचुली १ का नागरीक चामल लिन आएको भएपनि खाद्य डिपोमा मसिनो बाहेकको अन्य चामल नहुदा बजारीया चामल लिएर फर्किएका छन । चामल लिने भनेर खाद्य गोदममा आएउ तर जिरा मसिनो २५ किलाको चामल २२ सय ५० रुपैँया हाल्न महँगो भएको भन्दै आफुहरु सहितको ५ जनाको टोली बजारको चामल लगरे घर फर्किएको स्थानिय गोर्ख बहादुर थापाले बताउनु भयो । उहाले भन्नुभयो हामी जस्तो नागरीकहरुलाई राम्रो चामल होइन पेट पाल्नका लागि अरुवा मोटा, मोटा चामलहरु सस्तो चाहिएको हो । मजुदुरी गरेर पेट पाल्ने गरेका हामि जस्तो महँगो चामल किन्द एक महिनालाको कमाइ चामल किन्न समेत नपुग्ने बताउनु भयो । हाल बजारमा ३० किलोको २२ परेको र खाद्यमा २५ किलोको २२ सय ५० हालेर महँगो नपर्ने बताउनु भयो । आफु जस्ता सबै नागरीकहरुले मसिनो बाहेक अन्य चामलहरु अघिल्ला बर्ष हरुमा किन्ने गरेको भएपनि यस बर्ष नहुदा किन्न नसकेको बताउनु भएको छ ।