हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाका स्याउ पहिलो पटक ब्याबसायिक रुपमा बाहिरिएका छन । यस अघि उत्पादन भएका स्याउहरु पालिका क्षेत्रमा मात्र बिक्रि हुँदै आएको समयमा बर्ष नेपालगञ्ज काठमाण्डौंबाट अर्डर भएपछि पहिलो पटक ब्याबासायिक रुपमा जिल्ला बाहिर गएका हुन । पालिका क्षेत्रका ६ वटै वडामा स्याउ उत्पालन हुने भएपछि पालिकामा भित्रका स्याउ जिल्ला बाहिर गएको यो पहिलो पटक हो ।
पालिका क्षेत्रमा राष्ट्रिय सडक संञ्जालले छोएको ५ बर्ष बितिसकेको भएपनि जिल्ला बाहिर बिक्रि नभएका स्याउ यतिबेला जिल्ला बाहिर ब्याबसायिक रुपमा निर्यात भएका हुन । बिभिन्न ठाउँमा उत्पादन भएका स्याउ जात अनुसार फरक–फरक समयमा पाक्ने भएकाले पालिकाबासीलाई समेत नपुगेको भएपनि जिल्ला बाहिर पहिलो पटक निर्यात भएका हुन ।
सोमबार अदानचुली गाउँपालिका वडा नम्बर १ को कोइलेख क्षेत्रमा उत्पादन भएका स्याउ नेपागंञ्ज–काठमाण्डौं तर्फ बाहिरिएका हुन । मंगलबार ट्रक मार्फत उत्पादित स्याउ बाहिरिएको धने महताराले जानकारी दिनु भएको छ । उहाँका उनुसार आफ्नो साउ बगैँचा मार्फत २६ कुइन्टल स्याउ बिक्रि भएको बताउनु भएको छ । आफुले सोही ब्यापारीलाई प्रति केजि ३५ रुपैँयाका दरले बिक्रि गरेको बताउनु भएको छ ।
पालिका क्षेत्रमा गोल्डेन र रेड स्वाउमा पनि बिभिन्न जातका स्याउ उत्पादन हुदै आएको बेला जिल्ला बाहिर जाँदा स्याउ खेति गर्नेहरुमा उत्साह थपिएको छ । केही समय अगाडी देखै पालिकाको लेक बस्तिहरुमा अधिकांसले स्याउ खेतिलाई जोड दिएको समयमा सबैले एकै उत्पादन गर्दा बिक्रि नहुने चिन्ता भएको भएपनि जिल्ला बाहिर बाहिरिने आशाले उत्पादनमा पे्ररित गर्ने भएकोे छ ।
अधिकांस बाझिएको जमिनलाई भोकचलन गर्दै स्थानियले स्वाउ खेतिलाई जोड दिएको बेला स्याउ ब्याबसायिक रुपमा बाहिरिदा रोजगारको सृजना आफ्नै गाउँ घरमा हुने संकेत देखिएको स्याउ किसानहरुले बताउने गरेका छन । बिभिन्न फर्महरु दर्ता गरिएको बेला सरकारलाई कर मात्र तिर्दा हैरानीमा रहेकालाई यस पटक बाहिरिएका स्वाउले उत्पादन उत्साह थपेको पाइएको छ ।
पालिका क्षेत्रमा उत्पादन हुदै आएका स्याउको मुल्य प्रति दाना २ देखि ५ रुपैँया सम्म बोटमा पर्ने गरेको छ भने दुरी अनुसारको ढुवानी जोड्दै १० देखि १५ रुपैँया सम्म पर्ने गरेको पाइएको छ । प्राय समयमा बोटबाट झिक्न मेल्ने अबस्था नहुदा निकाल्ने प्रबिधिले समेत पालिका क्षेत्रमा स्वाउकालागि उत्तम समयको कसैले ख्याल नगरेको पाइएको छ । स्याउ बोटबाट झिक्न परिपक्क हुने समयसम्म राख्दा स्याउको बजार भाउ बढ्न सक्ने देखिएको छ ।
मंसिर पुस महिना सम्म पाक्ने गरेका स्वाउहरु भदौ देखि झिक्नाले समेत अर्काे बर्ष कम फल्ने दानको साईज घट्ने लगायतको समस्या आउने गरेको कृषि बिज्ञहरुको भनाइ रहेको छ । बिषादी उत्त रुपमा उत्पालन भएको पालिका क्षेत्रका स्वाउको सहरी क्षेत्रमा माग तेतिकै बृद्धि भएको देखिएको छ ।
यो बर्ष हुम्ला र जुम्लाका स्याउ काठमाण्डौं लगायतका अन्य सहरमा पुग्दा स्याउको मुल्य राष्ट्रिय बजारमा समेत घटेको छ । हिमाली जिल्लामा उत्पादन भएका स्याउलाई सरकारले प्राथमिकदा दिदै गयो भने भारतबाट स्याउको आयत समेत रोकिने देखिएको छ ।