हुम्लाको ताँजाकोट गाउँपालिकाले बृहत्त शैक्षिक सप्ताहरु सुरु गरेको छ । गतवर्ष देखी गाउँपालिका भरिका बिद्यालयहरुको शैक्षिक गुणस्तरसँगै अतिरिक्त कृयाकलाहरुलाई प्राथामिकता दिनको लागि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सप्ताह कार्यक्रम सुरु गरेको हो ।
आजबाट सुरु भएको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाका अध्यक्ष अतिरिक्त कृयाकला सप्ताहमा गाउँपालिका भरिका सम्पुर्ण विद्यालयहरुलाई गाउँपालिकाको केन्द्रमा रहेको धर्मोदय माध्यामिक विद्यालयमा विभिन्न ४० वटा इभेन्टहरु गर्न लागेको शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भयो ।
कर्णाली प्रदेश सरकारका सस्थापक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा तथा पुर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य छिरिङ दम्डोल लामा(कार्चेन), पुर्वमन्त्री एवं कर्णाली प्रदेस सभा सदस्य रणसिंह परियार, नेकपा माओबादी केन्द्र कर्णाली प्रदेस कमिटिकी अध्यक्ष बिमला केसी लगायत छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल सहित खत्याड गाउँपालिकाका अध्यक्षको उपस्थितीमा आज उद्धघाटन गरिएको उक्त सप्ताहरु ७ दिन सम्म चल्ने बताउनु भएको छ ।