मासपुर, बिछ्या, बौडीलाई सडक संञ्जालमा ल्याउन ताँजाकोट र हिमाली गाउँपालिका बिच सहमती


हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा हरेको ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिचमा रहेका बस्तीहरुमा सडक बनाउन ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिका बिच सहमती भएको छ । ताँजाकोट गाउँपालिकाले सुरु गरेको पालिका अध्यक्षसँग शैक्षिक सप्ताहको अबसरमा ताँजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका अध्यक्ष सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

ताँजाकोट गाउँपाउलिका र छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका बिच बसेकोे संयुक्त बैठकबाट हिमाली गाउँपालिकाकोे बिच्छ्या बौडी र ताजाकोट गाउँपालिकाको मासपुर गाउँमा सडक संजाल जोड्नको लागी सयुक्त रुपमा बजेट ब्यबस्थापन गर्दै निर्माण गर्ने निणर्य गरिएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र स्याङ्कुले जानकारी दिनु भएको छ ।

ताँजाकोट गाउँपालिका र हिमाली गाउँपालिकाका दुर्गम बनिरहेका बिच्छ्या बौडी र मासपुरसम्म सडक बिस्तार गर्न ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी, हुम्ला जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर कार्की, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र स्याङ्कु र हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्ल, प्रमुख प्रशासकिय अधिकृत राज बहादुर शाही लगायतका दुबै पालिकाका जिम्बेवार ब्याक्ती बसी आबस्यक बजेट ब्यबस्थापन गरेर गाउँलाई सडक संञ्जालसंग जोड्ने निणर्य गरिएको प्रमुख प्रशासकिय अधिकृत स्याङ्कुले बताउनु भएको छ ।

बाजुराको बिच्छ्या बौडी तथा ताँजाकोट गाउँपालिकाको मासपुर सम्म सडक बिस्तार हुन नसकेको अबस्थामा अव दुबै पालिकाले आवस्यक बजेट ब्यवस्थापन गरि कार्यन्वयनलाई तिर्वता दिने निणर्य भएको जानकारी दिनु भएको छ । यस निर्णय हुम्ला जिल्लाकै अति दर्गमका रुपमा रहेको मासपुर सडक संञ्जालसँग जोडिने भएको छ । सोही बस्तीमा जानको लागि हाल पैदलको बाटो समेत ज्यानमा दाउ राखेर जानुपर्ने बाध्यता रहेको छ । ताँजाकोटका अन्य सबै बस्तीमा सडक पुगेको भएपनि सोही बस्तीमा पुग्न नसक्दा हुम्ला र बाजुराको स्थानिय तह मिलेर सडकको पहुँच पुगाइने भएको छ ।

प्रकाशित मितिः     १० कार्तिक २०८१, शनिबार १७:४८  |