नगरीकता लिदा ६० प्रतिशत कागज गलत आउने गरेको शाखा अधिकृत रावतको भनाई, रिपोर्ट सहित


हुम्ला । जिल्लाका ४ पालिका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका लागि नागरीकता लिन सर्केगाडको इलाक प्रशासन कार्यलयमा जानु पर्छ । १६ बर्ष उमेर पुगेका जिल्लाका नागरीकले नागरीकता लिन जादा ६० प्रतिशत आवश्यक भन्दा गलत कागजात ल्याउने गरेको कमयम मुकायम शाखा अधिकृत घमानसिंह रावतले बताउनु भएको छ । अधिकृत इलाका प्रशासन कार्यलयमा भएको समयमा नागरीक नागरीकता लिन जादा सोही त्रृटि भएका कागज ल्याउने गरेको बताउनु भएको हो ।

अधिकृत रावतका अनुसार जिल्लामा भएका वडा कार्यलय कर्मचारीले नै गलत काजगात दिएर पठाउने गरेका छन । उनिहरुले आमाको नागरीकता, एक घरको तिन पुस्ता बाहिरको सनाखत गर्ने ब्यत्ती भए नाता प्रमाणित नचाअिने जस्ताका कारणले नागरीकले दुख पाउने गरेको बताउनु भएको छ । हाल कार्यलयमा १ सय भन्दा धेरै नागरीक दिनमा नागरीकता लिन आउने भएकाले उनिहरुको काम नगरी पठाउँदा सास्थी हुने र काम गर्दा कागज नमिल्दा समस्या हुने गरेको बताउनु भएको छ ।
थप बिवरणका लागि यो रेडिायो रिपार्ट सुन्नुहोला

प्रकाशित मितिः     १२ कार्तिक २०८१, सोमबार १७:२५  |