गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती


श्रीनगर तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । अदानचुली गाउँपालिका क्षेत्रमा बिभिन्न नाच, देउडा, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित परम्परागत रुपमा देखाइने देउसी भैलो जिल्लाकै आकर्षक भएको छ ।

परम्परागत रुपमा रहेका विभिन्न जातजातिका लोपोन्मुख संस्कृतिहरुलाई देउसी भैलोमा समावेश गर्दा कला संस्कृति संरक्षणमा टेवा पुग्ने भैलेनीहरुको भनाइ रहेको छ । जिल्लामा बिभिन्न समूहले केही फरका ब्यक्ती सागै बिभिन्न ठाउँका लागि सहयोग तथा राहतका लागि देउसी भैलो खेल्न सुरु गरेका छन् । अधिकाँश देउसी भैलोमा मौलिक संस्कृतिको प्रदर्शन हुँदा देउसी भैलोको अवलोकन गर्नेहरुको समेत भीड लाग्ने गरेको छ ।

देउसी भैलोमा जिल्लामै लोकप्रिय मानिने देउडा, मादले मारुनी, सालैजो, कौडा, सिरफुले पुख्र्यौली नृत्य लगायतलाई प्राथमिकता दिने गरिएको छ । कला संस्कृतिकै जगेर्नाका लागि देउसी भैलो खेलिएको हो, देउसी खेल्लनेले देखाउने पुराना संस्कृतिले यहाँका बासिन्दालाई समेत प्रभावित बनाएको छ । यहाँबाट सङ्कलन हुने दान रकम समेत लोपोन्मुख संस्कृतिको संरक्षणसँगै बिभिन्न भौतिक संरचना मर्मत र व्यवस्थापनमा खर्चिने योजना बनाएको केही क्लब तथा युवाहरुले बताउने गरेका छन । सामाजिक काममा सहयोग जुटाउन सहयोगी हातहरु लमबद्ध रहेको भएपनि अदानचुली २ मा रहेको मदानदेब युवा क्लबले अपाङ्ग ब्याक्तीलाई राहत दिनका लागि यो बर्ष देउसी भैलोको सुरुवात गरिएको क्लबका कार्यक्रम संयोजक धनरुप बुढाले जानकारी दिनु भएको छ ।

उहाका अनुसार आफ्नो वडामा भएका अपाङ्ग ब्याक्तीलाई अहिले सम्म कुनैपनि निकायले नहेरेको भन्दै आफ्नो क्लबको निर्णय अनुसार यस्तो कार्यको सुरुवात गर्न लागेको बताउनु भएको छ । पालिका क्षेत्रमा भएका प्रया देउसी भैलेनी टिमहरुले भैली भात खान र बिना उदेश्य देउसी भैलो खेल्ने गरेको भएपनि आफुहरुले तेस्तो नगरेको बताउनुुु भएको छ । परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जगेर्नासँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलनको प्रभावकारी माध्यम बनेको पाइएको छ ।

मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलोमा सङ्कलन हुने दान दक्षिणाले मङ्सिर महिनामा वनभोज खाने चलन रहेपनि अहिले भने सामाजिक काममा खर्चिने चलन बढेको बुढाले बताउनु भएको छ । पछिल्लो समय विशेष गरी सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास जस्ता उद्देश्य राखेर देउसी भैलो खेल्ने परिपाटीको विकास भएको छ । स्थानीय स्तरमा मात्रै होइन प्रवासमा रहेका म्याग्देलीहरुले समेत जिल्लाको विभिन्न क्षेत्रमा सहयोग जुटाउने उद्देश्यले भैलो खेलेका छन् । मौलिक संस्कृतिमा अतिक्रमण बढ्यो तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ ।

विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको भन्दै बूढापाकाले चिन्ता प्रकट गर्न थालेका छन् । पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा ह्वात्तै बढेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको हो । पहिलेको देउसी भैलो भावनात्मक हुने गरेपनि अहिलेको देउसी भैलो भने युवायुवतीहरुको मनोरञ्जनमा मात्रै सीमित भएको केही बृद्धहरुले बताउने गरेका छन । उतिबेला मंसिरमा पर्ने भैलीमा मात्र भैलो खल्ने गरिएको जिल्लामा यतिबेला तिहासँगै आएको देउसी भैलोले पनि केही संस्कृति थपेको पाइएको छ ।

विशेष गरी घरघरमा पुगेर बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ । देउसी भैलोलाई मनोरञ्जनसँगै पुराना संस्कृतिको संरक्षण र सामाजिक काममा सहयोग जुटाउने माध्यम बनाउनु सकारात्मक पक्ष मानिए पनि कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेका गुनासाहरु पनि बढ्न थालेका छन् । त्यसैले परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सकेमात्रै ऐतिहासिकताका जगेर्ना हुन्छ र साँस्कृतिक महत्वले जीवन्तता पाउने देखिएको छ ।

प्रकाशित मितिः     १६ कार्तिक २०८१, शुक्रबार ०६:५६  |