श्रीनगर । हुम्लामा अन्तर बिद्यालय स्तरिय फुटबल प्रतियोगिता तथा हुम्ला फुटबल मेला लाग्ने भएको छ । हुम्ला फुटबल एकेडेमीको आयोजनामा मंसिर ४ गते देखी हल्ला गोलको, बच्चादेखी बुढा सम्म, सबैको मनमा फुटबल, नेपालका कुना कन्दरामा फुटबल, सबैका लागि फुटबल नै फुटबल भन्ने नाराका साथ हुम्ला फुटबल मेला लाग्ने भएको हो ।
जिल्लाको सदरमुकाम सिमकोटमा आयोजना हुने उक्त मेला तथा फुटबल प्रतियोगिता जिल्ला भित्र रहेका अन्तर बिद्यालय स्तरिय १७ बर्ष मुनि र १३ बर्ष मुनिका बिद्यार्थी बिचको हुने हुम्ला फुटबल एकेडमीका अध्यक्ष बिष्नु रावतले जानकार दिनु भएको छ । उहाँका अनुसार हुम्ला फुटबल बिकासमा लागि परेको हुम्ला फुटबल एकेडेमीले यस बर्ष सोही उमेर समुहका खेलाडी उत्पादनका लागि सोही प्रतियोगिता संञ्चालन गर्न लागिएको हो । एकेडेमीको आयोजनामा र कर्णाली खेलकुद बिकास समिति तथा कर्णाली प्रदेश फुटबल संघ सहयोजकामा रहेको बताउनु भएको छ ।
गत बर्ष मात्र जिल्लाकै उत्कृष्ट पुरस्कार राषिको गोल्डकप संञ्चालन गरेको एकेडेमीले यस बर्ष जिल्लाका बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको फुटबलमा क्ष्मता प्रदर्शन गर्न लागिएको छ । फुटबल प्रतियोगिता तथा मेलामा प्रथम पुरस्कार राषि १ लाख १ सय ११ रुपैया राखिएको छ । यस्तै दास्रोका लागि ५० हजार १ सय ११ रुपैया राखिएको छ भने प्रत्येक खेलमा म्यान अफ द म्याच सहित अन्य पुरस्कारको ब्याबस्था गरिएको छ ।
एकेडेमीले जिल्लामा बिभिन्न चरणमा भएका फुटबल प्रतियोगितामा खेलकुदका सामाग्री समेत सहयोग गर्दै आएको थियो । जिल्लामा हाल सम्म कसैले पनि बिद्यालय स्तरिय फुटबल प्रतियोगिता नगरेको इतिहासमा एकेडेमीले गर्न लागेको अध्यक्ष रावतले जानकारी दिनु भएको छ ।