श्रीनगर दिपावलीको अबसर पारी देउसी भैलोबाट उठेको रकमले मदानदेब युवा क्लबले सरसफाई कार्यक्रम गरेको छ । देउसी भैलो खेल्नु अगाडि क्लबले गरेको निर्णय अनुसार खानेपानिका धारा मर्मत तथा सरसफाइ गर्ने उदेश्य अनुसार मंगलबार सरसफाइ गरेको हो ।
मदानदेब युवा क्लबका अध्यक्ष मोहनसिंह बुढाको अध्यक्षामा सरसफाई कार्यक्रम गरेको क्लबका सचिव प्रदिप बुढाले जानकारी दिनुभएको छ । सचिव बुढाका अनुसार क्लबले अदानचुली गाउँपालिका वडा नम्बर २ मा स्थित चौकामा रहेको चौपायका लागि निर्माण गरिएको खानेपानिको दहको सरसफाई गरेको हे । क्लबका अन्य पदाधिकारीहरुको सक्रियतामा दहको सरसफाई गरेको र मंगलबार धारा सरसफाई गर्न नभ्याइएकाले खानेपानिका धारा केहिदिनमा सरसफाइ गर्ने जनाइएको छ ।
२ बर्ष अगाडि कंक्रिटको प्रयोग गरी पुनः निर्माण गरिएको उक्त दह फाहोर र माटोले भरि भराउ भएपछि क्लबले सरसफाई गर्ने पहिलो निर्णय गरेको थियो । पुनः निर्माण भएको केही समयपछि नागरीकको लापरवाहीका कारण जथाभाबी फालिएको फोहोरले चौपाया बस्तुमा बभिन्नसंक्रमण देखिने भन्दै चौपाय बस्तुकालागि पानिको मुख्य स्रोतका रुमपा रहेकोे दहमा पानि भण्डारण नभई माटोको लेदो मात्र जम्मा भएपछि सरसफाई गरिएको छ । क्लबले गरेको सरसफाई अभियानमा महतारा रोयल फामैसीले स्वास्थयका सामाग्री सहयोग गरेको छ ।
फोहोरलाई सरसफाई गर्दा अति आवश्यक पर्ने ग्लोब्स र मास्क सोही फार्मेसीले सहयोग गरेको जनाइएको छ । क्लबका अध्यक्ष र सचिव सहितको टोली गाउँपालिकाको स्वास्थ्य शाखा र श्रीनगर स्वास्थ्य चौकीमा समाग्री माग गर्न जाँदा छैन भनेपछि ब्यक्तिगत फार्मेसीमा गएपछि उपलब्ध भएको हो । सोही ब्यक्तिगत फार्मेसीमा क्लबका लागि सरसफाईमा आवश्यक परेको समाग्री माग गर्न जाँदा सोही क्लबलाई मात्र नभई जुनसुकै समयमा पनि आवश्यक पर्ने सामाग्री समाजसेवालाई उपलब्ध गराउने फार्मेसी संञ्चालक हरिभक्त महताराले जानकारी दिनु भएको छ ।
चौपाया बस्तुका लागि खानृपानिको प्रमुख स्रोतका रुपमा रहेको दहमा २ बर्ष देखी जमेको फहोरका कारण चौपाया बस्तु बिभिन्न किसिमका रोगहरु उत्पन्न हुन सक्ने भन्दै क्लबको ध्यान सरसफाईमा गएको अध्यक्ष मोहनसिंह बुढाले जानकारी दिनु भएको छ । उहाँका अनुसार आफुहरुको समुले पुनः निर्माण हुदा देखी हाल सम्मको समयलाई हेर्दा नागरी र वडा सरकार सँगै गाउँपालिको ध्यान गएर सरफाई गर्छ भन्ने भएपनि अहिले सम्म कसैलो चासो नदेखाएपछि आफुहरुले गरेको बताउनु भएको छ । १० हजार बढी जनसंख्या भएको अदानचुली गाउँपालिका मध्य वडा नम्बर २ मा बाक्लो बस्ती भएपनि सरसफाईमा कसैको ध्यान नगएपछि क्लबका पदाधिकारीहरुले देउसी भैलो खेलेको रकमबाट उक्त पानिको दह सरसफाई गरेका हुन ।
यसैबिच अदानचुली गाउँपलिका वडा नम्बर ३ मा रहेको दलित समुदायद्धारा खेलिएको देउसी भैलोबाट उठेको रकमले चौपाय बस्तुका लागि खानेपानिको दह निर्माण गरेका छ । कार्यपालिका सदस्य कमल नेपालीको नेतृत्वमा गएको टोलीले काले दवा नजिककै चौपाय बस्तुका लागि पानिको दह निर्माण गरिएको छ । वडा नम्बर ३ का चौपाया बस्तु चरिचरन हुने प्रमुख ठाउँमा अहिले सम्म पानिको दह नभएपछि निर्माण गरिएको कार्यापालिका सदस्य नेपालीले जानकारी दिनु भएको छ ।