आगालागी हुँदा १६ वटा घाँसखात जलेर नष्ट


श्रीनगर । बिहिबार दिउसो हम्लाको अदानचुली गाउापालिकाको वडा नम्बर १ स्थित तल्लो कल्खेमा आगालागी हुँदा १६ वटा घाँस खात जलेल नष्ट भएका छन । बिहिबार मध्यान तिर एक्कासी स्थानियद्धारा भण्डारण गरिएको घाँस खातमा सल्किएको आगो अन्य घाँस खातमा जाँदा जलेर नष्ट भएका हुन ।

तल्लो कल्खेका स्थानियले हिँउदको समयमा चौपाया बस्तुलाई खुवाउनका लागी गाउँ नजिकै भण्डारण गरिएको सोही घाँसका खातहरुमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरी कार्यालयका अनुसार स्थानिय प्रदिप महतारा, कालि बहादुर महतारा, बिक्रम महतारा र युवराज महताराको घाँस खातमा आगालागी भएको सम्बन्धीत स्थलबाट सहकर्मी काली बहादुर थापाले जानकारी दिनु भएको छ । उहाँका अनुसार गाउँ भित्रै रहेका घाँस खातहरुमा आगालागी भएपनि घाँस बाहेकको अन्य क्षेती भने केही नभएको जानकारी दिनु भएको छ ।

दिउसो करब १ बजेबाट लाग्न थालेको आगो साढे ३ बजे नियन्त्रणमा लिएको हो । सोही घाँसमा लागेको आगो स्थानिय नागरीक र गल्फागाड प्रहरी चौकी श्रीनगरले नियन्त्रणमा लिएको छ । स्थानियद्धारा राखिएको घाँस खात नजिकै घरहरु भएको भएपनि स्थानिय नागरीकको सहायतामा प्रहरीले आगोलाई अन्य क्षती हुन नदिई नियन्त्रणमा लिएको जनाइएको छ । तर आगो भने के कसरी लागेको भन्ने एकिन हुन नसकेको जनाइएको छ ।

प्रकाशित मितिः     १० माघ २०८१, बिहीबार १८:१३  |