श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले संञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अदानचुली गाउँपालिका र एन.एस.एल नेपाल इटहरीको आयोजनामा श्रीनगर स्वास्थ्य चौकीमा शुक्रबारदेखी संञ्चालन गरिएको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
पालिकामा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न सहरी क्षेत्र तथा काठमाडौं जानु पर्ने बाध्यता छ । शिबिरमा स्त्री रोग सम्बन्धी चेकजँच, दन्त सम्बन्धी चेकजाँच र जनरल चेकजाँच गरिएको छ । सोही दिनबाट सुरु गरिएको उक्त स्वास्थ्य शिबिरबाट पालिकाका ६ सय २ जना महिला र २ सय ९२ जना पुरुष गरी जम्मा ८ सय ९४ जना बिरामीले स्वास्थ्य सेवा सहित निशुल्क रुपमा औषधी उलब्ध गरेको स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले बताउनु भएको छ ।
शुक्रबार बर्षाका कारण केही नागरीक सेवा लिन जान नसकिएका कारण शनिबार र हाज निकै भिड रहेको थियो । उक्त शिबिरमा जिल्लाका बिभिन्न स्थानसँगै छिमेकी जिल्ला मुगुका नागरीकहरुको लागि लक्षित गरेर आयोजना गरिएको थियो । पालिकाका सबै नागरिकको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले निःशुल्क स्वास्थ्य शिबिर राखिएको शाखा प्रमुख बुढाले बताउनु भएको छ ।
घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ । यही सेवा लिन बाजुराको कोल्टी, सुर्खेत, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले ३ दिनका लागि गाउँमै बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी ब्यक्त गरेका छन । शिविरमा निःशुल्क औषधी वितरण, बिभिन्न रोगहरुको चेकजाँच सेवा प्रदान गरिएको छ ।