अनेरास्वबियुले बुझायो बिभिन्न माग गर्दै शिक्षा शाखालाई ज्ञापन पत्र


श्रीनगर । नेकपा एमालेको भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) अदानचुली गाउँ कमिटिले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई ज्ञापन पत्र पेश गरेको छ । शुक्रबार शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत टिका प्रसाद उपाध्यलाई अनेरास्वबियु अदानचुली गाउँ कमिटि अध्यक्ष प्रकाश बोगटीको नेतृत्वमा गएको टोलीले बिभिन्न माग सहित ज्ञापन पत्र पेश गरेको हो ।

उक्त ज्ञापन पत्रमा भनिएको छ नेपाली विद्यार्थीहरूको आशा र भरोसाको धरोहर राष्ट्रिय स्वाधिनता न्याय स्वतन्त्रता र समानताको पक्षधर एवं मुलुकको श्रमजीवी जनताको जनजीविकाको सवालमा, सामाजिक सरोकारका विषयहरु, शैक्षिक विसंगतिका सवालमा, मुलुकमा व्यप्त विकृति विसंगति महंगी भ्रष्टाचार र मनपरितन्त्रका विरुद्धमा संघर्षको मैदानमा अग्र मोर्चामा रही सधैं खबरदारी गर्दै आइरहेको कुरा सर्वविदितै भएको जनाएको छ ।

यसैगरी सन्दर्भमा अनेरास्ववियु अदानचुली गाउँ कमिटीले गाउँपालिकाको शैक्षिक क्षेत्रको समग्र विकासका लागि आम विद्यार्थीहरूको भावनाको प्रतिनिधित्व गर्दै गाउँपालिकामा हालसम्म पनि स्थानीय पाठ्यपुस्तक नभएको तर विद्यालयमा आफ्नै ढङ्गको स्थानीय विषय पढाइ भएको भनिएपनि पालिकाले स्थानिय पाठ्यत्रलम तयार गरेको र केही दिनमा बितरण गरिने शिक्षा अधिकृत उपाध्यले बताउनु भएको छ । अदानचुलीमा रहेका चारवटै माविमा साइन्स ल्याब नभएको हुनाले प्रत्येक माविमा आगामी आर्थिक वर्षमा अनिवार्य स्थापना गर्न माग गरेको छ ।

यस्तै प्रत्येक माध्यामिक विद्यालयमा कम्प्युटर विषय पढाइ हुने तर दक्ष कम्प्युटर शिक्षकको अभाव र केही विद्यालयमा कम्प्युटरहरू पनि नभएको हुनाले यथाशीघ्र कम्प्युटर शिक्षक र ल्याबको स्थापना गर्न कम्प्युटर अध्यन गराउन समेत माग गरेको छ । विद्यालय सुचारु भइरहेको समयमा पनि शिक्षकहरू मदिरा सेवन गरी विद्यालय जाने जनगुनासो आइरहेको हुनाले यो क्रियाकलाप तुरुन्तै नियन्त्रण गर्न गराउन समेत माग गरिएको छ ।

सोही ज्ञापन पत्र पेृश पछी शिक्षा अधिकृत उपाध्यले ४ वटा माग राखिएको सबै माग आवश्यक रहेको भन्दै यसलाई कार्यन्वयन गराउन सम्बन्धि निकायमा आफ्नो तर्फबाट माग गर्ने सन्देश दिनु भएको छ । सोही ज्ञापन पत्र पेश कार्यक्रममा गाउँ कमिटि अध्यक्ष बोगटी अनेरास्वबियु केन्द्रिय सदस्य जयराज संञ्ज्याल, जिल्ला कमिटि उपसचिव महेश महतारा, गाउँ कमिटि सचिव बल बहादुर फडेरा लगायतको नेतृत्वमा पेश गरिएको थियो ।

ज्ञापन पत्र

प्रकाशित मितिः     १४ चैत्र २०८१, शुक्रबार १९:२५  |