नेकपा एकिकृत समाजवादी अदानचुलीको दोस्रो अधिबेशन सुरु


श्रीनगर । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी हुम्ला अदानचुली गाउँ कमिटिको दोस्रो अधिबेशनको उद्धघाटन गरिएको छ । २०७८ सालमा स्थापना भइ नेतृत्व चयन गरेको एकिकृत समाजवादी पार्टीले शनिबार दोस्रो गाउँ कमिटि अधिबेशनको उद्धघाटन गरेको हो ।

वडा नम्बर ३ मा रहेको आफ्नो पार्टी कार्यालयबाट गाउँपालिकाको केन्द्र सहित वडा नम्बर २ र ३ लाई नारा जुलुस सहित परिक्रमा गरी गाउँ पालिकाको सभा हलबाट उद्धघाटन सत्रको समापन गरी बन्द सत्र सुरु गरिएको कार्यक्रम संञ्चालन बल बहादुर शाहीले जानकारी दिनु भएको छ ।

पार्टि केन्द्रको निर्देशन अनुसार अधिबेशन गर्ने समय अबिधि नजिकिएसँगै गाउँ कमिटिको अधिबेशन गरिएको बताउनु भएको छ । पालिका स्थित पार्टीमा आस्थावानहरुको उपस्थितमा बिभिन्न बेथितिका बिरुद्ध र सत्यका पक्षमा नारा लगाउदै उद्धघाटन सत्रमा परिणत गरिएको थियो ।

सोही उद्धघाटन सत्तमा शुभकामना मन्तब्य दिदै नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटि अध्यक्ष जोसी धामीले अबसरवादीहरुको कुनै ठेगान नरहेको भन्दै हिजो आफु सँग आइ आज अन्त गएको भएपनि उनिहरुको बिचार नभइ स्वार्थ मात्र हुने भएकाले उनिहरु सकिने बताउनु भयो ।

उद्धघाटन सत्रका बिशेष अथिति समेत रहनु भएका प्रदेश कमिटि सचिव धिर बहादुर शाहीले कम्युनिष्टहरुले गणतन्त्रका निम्ति लडेको भन्दै नेपालमा बिभिन्न आन्दोलन पश्चात राज संस्थाको अन्त्य भएको र त्यसपछि आम नागरीकले सुख पाएको भएपनि जनप्रतिनिधि राम्रो चुन्न नसक्दा यहाँका नागरीकले दुख पाएको बताउनु भयो।

कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका पोलिटबियुरो सदस्य हस्त बहादुर शाहीले प्रत्यक नेपालीलाई आयश्रोतको ब्याबस्था हुनु पर्ने माग गर्दै समाजवाद तर्फ लागेको बताउनु भएको छ । नेकपा एमाले दक्षिण पन्थिमा भाँसिएपछि आफुहरु नेकपा एमालेबाट बिद्रोहमा लागेको भन्दै नेकपा एमाले र आफ्नो पार्टीको इतिहास समेत बताउनु भयो ।

अधिबेशनको उद्धघाटन सत्रमा नेकपा माओवादी केन्द्रबाट ९ जना, नेपाली कांग्रेसबाट ४ जना र नेकपा एमालेबाट १ गरी १४ जनाले सोही पार्टीमा प्रबेश गरेको पाइएको छ । उद्धघाटन सत्र गाउँ कमिटि अध्यक्ष नवराज कार्कीको अध्यक्षतामा पोलिटबियुरो सदस्य हस्त बहादुर शाहीको प्रमुख आतिथ्यमा, प्रदेश कमिटि सचिव धिर बहादुर शाही, जिल्ला कमिटि अध्यक्ष जोसी धामी, सचिव कमल बहादुर छत्याल, नेपाली कांग्रेस अदानचुली गाउँ कार्य समति सभापति बिष्न भण्डारी, नेकपा एमाले अदानचुली गाउँ कमिटि अध्यक्ष बुध भण्डारी, माओवादी केन्द्र अदानचुली गाउँ कमिटि अध्यक्ष दृघ सिंह, नेकपा बिप्लप गाउँ कमिटि अध्यक्ष दिपक सि लगायत अन्य सोही पार्टी प्रति आस्थावानहरुको उपस्थितमा सम्पन्न भई बन्द सत्र सुरु गरिएको संञ्चालक शाहीले बताउनु भएको छ ।

दोस्रो गाउँ कमिटिको अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएको समेत बताउनु भएको छ ।

प्रकाशित मितिः     १५ चैत्र २०८१, शनिबार १९:१४  |