नेकपा एमालेले हुम्लामा सोमबार बिरोध र्याली प्रदर्शन गरेको छ । पाटीले देशभर मोटरसाइकल र्याली प्रदर्शन प्रदशन गर्ने भनिएपनि सडक सञ्जालमा भर्खरै मात्र जोडीएकाले बाजागाजा सहित विरोध र्याली प्रदर्शन गरेको हो । प्रतिगामी कदमको विरोध गर्दै जिल्ला सदरमुकाम सिमकोट बजार परिक्रमा गरी बिरोध र्याली मार्फत खबरदारी गरेको जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले बताउनु भयो ।
गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै उक्त कदमको विरोध स्वरुप जागरण कार्यक्रम गरेको बताउनु भयो ।
दिउँसो १२ बजे हुम्ला जिल्ला सदरमुकाम स्थीत पार्टी कार्यालयमा भेला भएर स्थानीय बाजागाजा सहित बिरोध र्याली सुरु भएको थियो । र्याली जिल्ला पार्टी कार्यालयबाट तल्लोबजार, हुँदै रानीवनबाट माथिल्लो बजार हुँदै कालिन्चोकमा आएर जागरण सभामा परिणत भएको थियो ।
वक्ताहरुले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको पक्षमा धारणा राखेका थिए । राजावादीको नाममा भएका हिंसा र जनधनको क्षति भएको भन्दै आक्रोश पोखे । नेकपा एमाले केन्द्रीय सदस्य दल फडेरा, प्रदेस कमिटिका सदस्यहरु र जिल्ला पाटीका सम्पुर्ण कमिटिले र्याली प्रदर्शन र जागरण सभाको अगुवाइ गरेका थिए । र्याली प्रदर्शन पछिको जागरण सभामा उपस्थित नेताहरु बिच जागरण गराउने खालका देउडा गितहरु गाएर देउडा खेल समेत गरीएको छ ।
जिल्लाका ७ वटै पालिकाबाट नेता, कार्यकर्ताहरु जिल्ला सदरमुकाम सिमकोटमा उपस्थीती भई गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो ।
सभालाई एमाले केन्दीय सदस्या दल फडेराले मुख्य वक्ताका रूपमा सम्बोधन गदै नेपालको सबिधाल संसारमा एक नम्बरको भएको कुरालाई ब्याख्या गदै संबिधानमा लिपी बध भएको कुरा लाई संस्थागत गर्न केही समय लागे पनि प्रर्तिगमान राजसंस्था नेपालमा नआहुने र कोही कस्ले पनि भरम नप्रर्न आग्र गर्दे भन्नु भयो ।
प्रर्तिगमान हरुले सडकमा अराजकता फैलाएको भन्दै जनतामा सुशासन र समृद्धिको सन्देश दिन जागरण मार्फत सचेत गराउन एमाले लागिको र कुनै समुहले आन्दोलनको रुपमा लुटपाट गदैमा राजसंस्था नफर्कने एमाले नेता लोक बहादुर हमाले बताउदै भन्ुभयो ।
गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमालेले जागरणसभा गर्न लागेको २४० बर्ष राजसंस्थाले गरेको कुप्रर्था लाई हुम्ली जनताले बिर्सन नसक्ने को कुराको स्मरण गराउदै सत्तालिप्साका कारण आफ्नौ बङसनास हुन्जेल सम्मा पनि कुनै चासो नदेखाएको भन्दै अबपनि कसैले पनि राज संस्थाको कल्पना नगर्न आग्रह एमाले प्रदेश कमीटी सदस्या नबराज महतराले बताउनु भएको छ
नेपालमा राजा आहुने हो भने लोकतान्त्रको काटो खुला रहेको बताउदै कुनै दलले नेपालसरकारको भत्ता खाने बाहीर गहेर राजसंस्था चाहियो भनेहरुले लाजमानुप्रर्ने बताउदै बिष्वको कुनैकुनामा गहेर पनि सडक बाट राजा नआहुने भएकोले यो भरममा नलाग्न एमाले हुम्लाका अध्याक्ष ज्ञमी बुमी
गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमालेले जागरणसभा संचालन गरेको अध्यक्ष बुमी बताउँछन । यो जागरणसभा प्रतिगामी षड्यन्त्रका विरुद्ध, पुनरुत्थान वादी र अराजक तत्वहरु लाई सन्देशको रुपमा पनि रहने उनको भनाई छ । मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ देशैभर जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा आम जनतामा पुर्याउने लक्ष्य लिएको एमाले हुम्लाको स्रोतले जनाएको छ ।