श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उपाध्याक्ष कोषबाट गाउँपालिकाको वडा नम्बर २ मकै स्थित थुममालिका आधारभुत बिद्यालयलाई कार्यालय ब्याबस्थापनका सामाग्री हस्तान्त्रण गर्नु भएको छ । बिद्यालयलाइ आवश्यक पर्ने कार्यालय ब्याबस्थापनका लागि बिभिन्न फर्निचर देखी बिद्युतिय सामाग्री हस्तान्त्रण गर्नु भएको हो । चालु आर्थिक बर्षको उपाध्याक्ष कोषको रकमबाट बिद्यालयलाई २ लाख बराबरको कार्यालय ब्याबस्थापन सामाग्री सोमबार हस्तान्त्रण गरिएको हो ।
सोही ब्याबस्थापनका सामाग्री ३ पिसको १ सेट सोफा, कम्प्युटर टेबल १, स्टिल दराज १, ल्यापटप १ थान र प्रिन्टर १ थान गरी २ लाख बराबरको सामाग्री हस्तान्त्रण गरिएको हो । आफु अनुगनको समयमा पालिका भित्र रहेका सबै बिद्यालय अनुगमन गर्दा आवश्यक सामाग्री उपाध्यक्ष कोषबाट उपलब्ध गराउने भनेपछि सुर्खेतबा समाग्री खरिद ढुवानी गरी बिद्यालयलाई हस्तान्त्रण गरेको उपाध्यक्ष रोकायाले बताउनु भएको छ ।
कुनै बिद्यालयले माग फारम भरेर आवश्यक सामाग्री माग नगरेको भएपनि आफ्नो स्वइच्छा कोषबाट उपलब्ध गराएको बताउनु भएको छ । बिद्यालयको अनुगमनका क्रममा आफुले देखेका बिद्यालयका सिमा समस्याको मध्य नजर राख्दै सामाग्री उपलब्ध गरेको बताउनु भएको छ ।
सोही सामाग्री हस्तान्त्रण पछि बिद्यालयलाई प्रशासनिक काम गर्न सहज हुने प्रधानाध्यापक भैरब भणरीले बताउनु भएको छ । बिद्यालयका लागि आवश्यक बिभिन्न समयमा काम कान गर्न यसअघि चिठि देखी अन्य कागजात समेत हस्त लिखित रुपामा गरिने गरेको भएपनि ल्यापटप र प्रिन्टर उपलब्ध पछि काम गर्न सहज हुने बताउनु भएको छ । सोही सामाग्री उपलब्ध पछि बिद्यालयको दैनिक काम काजमा तत्कालै प्रयोगमा ल्याउने प्रधानाध्यापक भण्डारीले बताउनु भएको छ ।
सोही सामाग्री हस्तान्त्रणमा उपाध्यक्ष रोकाया, गाउँपािलकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत हंस महतरा, बिद्यालय ब्याबस्थापन समिति, अबिभावक र संञ्चारकर्मीको उपस्थित रहेको थियो ।
फाटो