जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण


पत्रकार महासंघ हुम्ला शाँखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । चैत्र १५ गते काठमाडौको तिनकुनेमा भएको हिंसात्मक प्रदशनका क्रममा अरायजक समुहले सञ्चार माध्यक र सञ्चारक्रमीहरुलाई निसाना बनाइएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ ।

उक्त हिंसात्मक आन्दोलनका क्रममा भिडियो खिच्नेक्रममा यभिन्युज टेलीभिजनका क्यामेरा प्रसन सुरेश रजकलाई आगो जलाएर मारेको, अन्नपुर्ण पोष्ट दैनिकको कार्यालयको भुइतलमा आगजनीसँगै तोडफोड गरेको, कान्तिपुर टेलीभिजनको कार्यालयमा तोडफोड गरी क्षेती पुर्याइएको, हिमालयन टेलीभिजनमा तोडफोड, पत्रकार दिनेश गौतम माथि आक्रमण गरी खुट्टा भाँचेको र पत्रकार निराज तामाङको क्यामरा हराएको थियो ।

यस किसिमको सञ्चारकर्मी र सञ्चार माध्ययम माथि निशाना बनाई गरीएको हिंसात्मक आन्दोलनमा भएको पत्रकार हत्याको बिषयलाई सत्य तथ्य छानबिन गरी हत्यामा संलग्न सबैलाई भौजदारी अभियोग लगाई कानुनी दायरामा ल्याउनु पर्ने र उनका परिवारलाई क्षेती पुर्ति दिन जोडदार माग गरीएको महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनु भयो ।

यती मात्र नभई सञ्चार माध्यम र सञ्चारकर्मी माथी आक्रमण गर्ने सबैलाई कानुनी कटघरामा ल्याउन तथा क्षेती भएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षेतीपुर्ति र घाइते भएका पत्रकारहरुको उपचारको प्रबन्ध मिलाउन जोडदार माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्लाअधिकारी नारायण पाण्डेले जस्ताको तस्तै पधानमन्त्री कार्यालयमा बुझाउने बताउनु भयो । ––– कालीबहादुर थापा

 

प्रकाशित मितिः     १७ चैत्र २०८१, सोमबार १७:५३  |