ट्रकको ठक्करबाट सर्केगाडको दुल्लीमा ७२ वर्षिया थापाको मृत्यु


सर्केगाड गाउँपालिका वडा नम्बर ४ को दुल्लीकुनामा ट्रकको ठक्करबाट ७२ वर्षिया पानकली थापाको मृत्यु भएको छ ।

कर्णाली करिडोर अन्तरगत सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ को दुल्ली गाउँ दिउसो ११ बजे बाटोमा हिड्दै गरेकी थापालाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको छ ।

सिमकोटबाट फर्किदै गरेको ट्रक ब्याक गर्नेक्रममा हुम्ला जिल्ला सिमकोट गाउँपालिका खोल्सीका डम्बर शाहीको भे १ ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको हो ट्रक चालकलाई सर्केगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ उत्तः घटनाको विषयलाई लिएर दुल्ली गाउँका स्थानीयले सडक पुर्णरुपमा अबरोध गरेका छन् ।

उक्त घटनाको अहिले छानबिन गरी रहेको सर्केगाड प्रहरी चौकीमा छलफल भैरहेको सर्केगाड प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मितिः     १७ चैत्र २०८१, सोमबार १८:२७  |