सर्केगाडको एक स्टेसनरी पशलमा आगलागि, करोडौँको धनमालमा क्षेती


अदानचुली, (हुम्ला) साउन ४ (रासस) ः हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानु बुक्स एण्ड स्टेसनरि पसलमा अचानक आगलागी भएको छ ।

आगलागीबाट करोडौँको धनमालमा क्षेती भएको छ । राती २ बजेको समयमा अचानक आगलागी हुँदा काठ र जस्तापाताले छाएको एक कोठे पशल पुर्ण रुपमा नष्ट भएको र मानविय क्षेती भने हुँन नसकेको सर्केगाड प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक सुरेन्द्र भट्टले बताउनु भयो ।

आगलागी भएको खबर पाउने वित्तिैकै आफुअरु घटना स्थलमा पुगेको भएपनि बिहान सवा ६ बजेको समयमा मात्र आगलागी नियन्त्रणमा ल्याउन सकिएको सहायक निरिक्षेक भट्टले बताउनु भयो ।

उहाँका अनुसार सर्केगाड बजारमा मानदेब शाहीले निकै लामो समय देखी स्टेसनरी पशल सञ्चालन गरिहेका छन् उनले यतिबेला गाउँपालिकाको कार्यालय अगाडि सामाग्री भण्डारणको लागि एक कोठा बनाई सामाग्रीहरु स्टोर गरी राखेको उक्त कोठा पुर्ण रुपमा जलेको छ, त्यहाँ राखीको स्टेसनरीका सामाग्रीहरु देखी खुद्रा सामान र पेट्रोलियम पद्धार्थ समेत राखीएको अबस्थामा कसैले आगो लगायो या आफै लाग्यो यसको खोज र अनुसन्धान भैरहेको बताउनु भयो ।

अहिले प्रहरी मुचुल्काको लागि तयारी भैरहेको छ प्रहरी मुचुल्का गरेपश्चात क्षेतीको पुरा विवरण आउने बताएपनि पेट्रोलियम पद्धार्थ सहित करोड भन्दा बढीको क्षेती भएको स्टेसनरीका सञ्चालक शाहीको भनाई छ । सञ्चालक शाहीका अनुसार नयाँ बनाएको उक्त पशल स्टोर गरी राख्ने भएकाले साँझ पशल बन्द गरी आएकाले के कसरी आगलागि भयो यसको कुनै जानकारी नभएको तर राती एक्कासी आगलागिको खबर पाएको बताउनु भयो ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     ५ श्रावण २०८२, आईतवार ०८:१४  |