भारतिय राजदुतावासले चंखेली गाउँपालिकाको बालज्योती आधारभुत विद्यालयलाई स्कुल बस सहयोग गरेको छ ।
हुम्लामा अहिले सम्म कुनैपनि विद्यालयहरुमा स्कुल बस सञ्चालनमा नआएको अवस्थामा गाउँपालिकाको पहलमा भारतिय राजतुतावास लैनचौले आज उक्त विद्यालयको लागि स्कुल बस हस्तान्त्रण गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो ।
दुतावासले बालज्योती आधारभुत विद्यालयको नाममा सहयोग गरेको भएपनि गाउँपालिकाले वडा नम्बर २ मा रहेको महादेब माबी दार्मको नाममा हस्तान्त्रण गरी भौगोलिक रुपले टाढा रहेको वडा नम्बर १ को रिमी, मिमि क्षेत्र र वडा नम्बर ४ को पिप्लाङबाट आउने विद्यालर्थीहरुलाई सहज वातावरण बनाउने अध्यक्ष शाहीको भनाई छ ।
बालज्योती आधारभुत विद्यालय गर्खा एकै ठुलो गाउँ भएकाले विद्यार्थी नजिकैबाट आउने गरी रहेको छन् तर महादेब माध्यामिक विद्यालयमा आउने विद्यार्थीहरु करिब एक डेढ घण्टा हिडेर विद्यालय आउने भएकाले उनिहरुको सहजताको लागि प्रयोग गरीने बताउनु भयो । नेपालका लागि भारतीय राजदुत महामहिम नबिनश्री बाीतबले आज गाउँपालिकका अध्यक्ष शाहीलाई बोलाएर हस्तान्त्रण गर्नु भएको हो ।
भर्खरै मात्र गाउँपालिकाको केन्द्र पिप्लाङबाट महादेब माबी दार्म लगायत मुगु जिल्ला जोड्नको लागि बेलीब्रीज समेत बनी सकेको छ यस अघि यहाँका विद्यार्थीहरु झुलंगे पुल तरेर विद्यालय गैरहेको थिए भने अब स्कुल बसमै आवत जावत गर्न पाउने भएपछि विद्यार्थीहरु समेत खुसी भएका छन् ।
हुम्ला जिल्लामा अहिले सम्म कुनै पनि विद्यालयहरुले स्कुल बस सञ्चालन गर्न सकेका छैनन् । दुरीका हिसाबले टाढा भएमा विद्यालयनै सञ्चालन गर्ने गरीरहेका छन् । स्कुल बस सञ्चालनमा आएपछि उक्त क्षेत्रका विद्यार्थीहरु स्कुल बस मार्फत विद्यालय जाने भएका छन् । अब काठमाडौबाट हुम्ला ल्याएर तत्कालै सञ्चालनमा ल्याउने शिक्षा शाँखा प्रमुख टिका उपाध्यायले बताउनु भयो । –––कालीबहादुर थापा
