हुम्लाको एक घरमा आगलागि हुँदा लाखौँको क्षेती ।


अदानचुली गाउँपालिका वडा नम्बर १ का छक्के महताराको घरमा आगलागी भएको छ ।

दिउसो २ बजेको समयमा घरमा रहेका बच्चाले लाइटर खेलाउँदै गर्दा घरमा राखीएका कपडामा सल्कीएपछि घरमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षेती भने केही नभएको तर घरमा राखीएका लत्ता कपडा भने केही नरहेको महताराकी आमा रुपकेउडा महताराले बताउनु भएको छ ।

आगलागि भए लगत्तै गाउँका सबैले तत्का आगो निभाउनको लागि पानी खन्याएपनि घर जल्न नपाएको तर घरभित्र रहेका सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएको बताउनु भएको छ ।

घर बच्चाकी बजै रुपकेउडा महतारा बीरामी भई थलापरेको अबस्थामा बच्चाले अचानक लाईटर जलाएर कपडामा लगाएपछि आगलागी भएको हो , उहाँका अनुसार आफु विरामी भएकाले गाउँकालाई समेत खबर गर्न ढिलाई हुँदा घरभित्र रहेका लिउ, फेरुवा , बलांकेट सहित सम्पुर्ण अन्नपात समेत जलेर नष्ट भएको छ भने घर जलेपछि घरभित्र राखीएका सम्पुर्ण सामानहरु नष्ट भएपनि आज देखी खान र बस्न समेत समस्या भएको छ ।

घर आगलागी भएपछि घरको माथिल्लो पट्टी भत्काएर घर जोगाुन परेको गाउँका स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मितिः     २० आश्विन २०८२, सोमबार १८:५९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *