हुम्लाको सर्केगाड गाउँपालिका-१ तुम्चका बाह्र वर्षिय अनिल लावड बालक यतिबेला सानै उमेरमा तीन वटा रोगसँग लडिरहनु भएको छ । लावडको हप्ता दिनदेखि नेपालञ्जमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ । तर घरको अवस्था दयनीय, आर्थिक कम्जोर भएकै कारण अस्पतालको बेडमा जीवन मृत्युसँग लडिरहनु भएको छ ।
बुबा चैते लावडले गुनासो पोख्दै भन्नुभयो, “घरमा आर्थिक अवस्था कम्जोर छ । हामीसँग विहान बेलुका के खाने भन्ने चिन्ता छ । छोरो मत्युसँग अस्पतालको बेडमा लडिरहेको छ ।” अस्पतालले छोरालाई तीन रोग लागेको छ भनेको छ । आन्द्राको अप्रेशन गर्न लात लाख मागेको छ । घरमा पैसा नहुँदा छोरा बचाउन नसकिने गुनासो लावडको छ ।”
बाह्र वर्षिय बालक लावडलाई हेपाटाइटिस बि, कालाजार र आन्द्रामा समस्या भएको कारण अप्रेशन गर्नु पर्ने अपस्ताल भनेको हुँदा बुवाले छोरा बचाइ दिन अहिले सबैलाई हारगुहार गर्नु भएको छ । हुम्लाका राजनितिक दलदेखि विभिन्न संस्था, समाजसेवीसहित आम नेपालीलाई जो कोहीलाई सहयोगको याचना गर्नु भएको छ । रु सात लाख रुपैयाँ जम्मा गर्न सके छोरा बाँच्न सक्ने अस्पतालले भनेको छ । तर घरमा एक रुपियाँ पनि छैन् । भएको पैसा घरबाट नेपालञ्ज लिदैँ, भर्ना गर्दै सकियो । अहिले थप समस्या निस्किएको गुनासो बुबा लावडको छ ।
बालक लावडका अवस्था निकै नाजुक हुँदा सहयोगी मनहरुले सहयोग गर्न चाहेमा खाता नम्बर ०६५०१००००१४६९०२७ सिटिजन्स बैंकमा र चैते लावडको मोबाइल फोन नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न सक्नु हुनेछ ।
