श्रीनगर । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षिया रामे बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन ।
बिहिबार साँझको समयमा आफ्नै माटो ढुंगाले बनाएको घरको माथिल्लो तलामा आफु सुत्ने कोठामा काठको बल्लीमा बलियो डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका परेका हुँन् ।
बिहान मदिरा सेवन गरीरहेका देखेको बताउने गरेका निजको बुवा चौखुले बुढाले अपरान्ह करिब ५ बजेको समयमा घरमै घाँटीमा पासो लगाई झुण्डीएको अवस्थामा देख्दा वित्तीकै डोरी खोल्दा निजको मृत्यु भइसकेको वडा अध्यक्ष जयबहादुर सिराले बताउनुभयो ।
आफुलाई जानकारी आउँदा वित्तीकै प्रहरी चौकीमा जानकारी गराएको र प्रहरी सहायक निरिक्षक प्रकाश बहादुर सिँहको नेतृत्वमा ४ जनाको टोली उक्त पुमा गाउँमा खटी गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख संकर पोखरेलले बताउनुभयो । आफ्नो टोली रातीनै उक्त स्थानमा पुगीसकेको र अहिले प्रहरी मुचुल्का र पोष्टमाटमको काम भैरहेको बताउनुभयो ।
उक्त घटना स्थल प्रहरी चौकी मेल्छाम बाट अन्दाजी करिब साढे एक घण्टा गाडिमा र करिब घण्टा पैदल हिडेर पुगिन्छ भने सदरमुकाम सिमकोटबाट करिब ७५ किलोमिटर टाढा भएकाले अहिले सम्म प्रहरी मुचुल्का हुँन नसकेको वडा अध्यक्ष शिराले बताउनुभयो ।
आत्महत्या गर्ने बुढाका दुई छोरा, एक छोरी काठमाडौँमा अध्ययन गर्न बपाएका छन्, भने घरमा श्रीमान र श्रीमती मात्रै बस्दै आएका थिए । वडा अध्यक्ष शिराका अनुसार आफ्नै नजिकैको भाई पर्ने जति सम्झाउदा पनि मदिरा सेवन गर्न नछोडेको बताउँदै कोही कसँग बिबादन नगरी मदिराकै कारण उनको ज्यान गएको बताउनुभयो ।
