करार कर्मचारी आन्देलित ः पालिका भर लगाइयो ताला ः ८ गते कार्यापालिका बैठक बसाली छलफल गर्ने अध्यक्षको प्रतिवद्धता


श्रीनगर, मंसिर २ गते ।  हुम्लाको अदानचुली गाउँ पालिकामा करार कर्मचारी र व्याबसायीहरुले गाउँपालिकामा आन्दोलन गरेका छन । २०७९ साल देखी करारमा नियुक्त गरी हाललसम्म तलब भत्ता नदिएको र पालिका भित्र रहेको व्याबसायीका होटल तथा पसलमा खाजा नास्ता, बिभिन्न सामाग्री लिनुका साथै सवारी साधन गाउँपालिकाको प्रयोजनाका लागि भाडामा लिएको रकम अहिले सम्म नदिएको भन्दै आन्दोलन गरेका हुन ।


‎यसअघि पटक पटक तलब खुवाउन भन्दै गाउपालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापन पत्र बुझाउनदेखी डेलिकेशनका कार्यक्रम गरेको भएपनि करिब करार कर्मचारी लगायत ब्याबसायीहरु लान्दोलनमा आइ गाउँपालिकाको कार्यालाय, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष लगायत सबै शाखामा ताला लगाउनु परेको आन्दोलनको नेतृत्व गरेका करार कर्मचारी धर्मराज बोगटीले बताउनु भयो ।

‎‎उहाका अनुसार आजको आन्दोलनमा आफुले पाउनु पर्ने हाल सम्मको तलब भत्ता मंसिर ४ गते सम्म पाउनु पर्ने, अदानचुली गाउँपालिकाका व्याबसायीले सो समयभित्र भुक्तानी पाउनु पर्ने, २०७९ सालदेखी हाल सम्मको सामाजिक लेखा परिक्षणको बैंक बिवरण सार्वजनिक गर्र्नुपर्ने लगायतका मागहरु सुनाउदै धर्मराज बोगटीले ध्यानाकर्षण पत्र पढ्नुभयो ।

0-0x0-0-0-{}-0-0#

‎‎‎‎गत असार महिनामा बसेको कार्यापालिकाको निर्णयले करार कर्मचारीको तलब खुवाउनका लागि २ करोड रकम बिनियोजन गरेको भए पनि ५ महिना बितिसक्दा सम्म तलब नदिएपझि आान्दोलन गर्नु परेको हो । यो आन्दोलन करार कर्चारी र व्याबसायीका लागि मात्र नभई अदानचुली बिकासका लागि भएको छबिबराज थापाल बताउनु भयो । दिनभर गाउँपालिकाको कार्यालय अगाडी धर्ना बसेका सो करार कर्मचारीहरुले अपरान्ह गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहलाइ ज्ञापन पत्र बुझाएका छन ।

उनिहरुको माग मंसिर ४ गते सम्म रहेको भएपनि गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले पत्र बुझ्दै यी सबै मागहरु पुरा गर्नका लागि हाकिम लेखापाल उपाध्यक्ष र आफु बसेर छलफल गर्नु पर्ने भएकाले मंसिर ८ गते कार्यपालिकाको बैठक बस्ने त्यसपछि माग पुरा गर्ने प्रतिवद्धता दिदै यस बिषयमा सबैले सहजिकरण गर्नु पर्ने बताउनुभयो ।

0-4608×3456-0-0-{}-0-12#

उनिहरुले पालिकाका साथै पालिका अन्त्रगत रहेका सबै शाखामा लगाइएको ताला आफ्नो माग पुरा नभएसम्म नखुल्ने बताउनु भएको छ । आम नागरीकको सामु खुला रुपमा छलफल गर्नु पर्ने माग गरेका छन । आज भएको आन्दोलनपछि धर्मराज बोगटीको संयोजकतवमा आन्दोलन समिति गठन गरिएको छ सो समिति अपरान्ह गरेको बैठकबाट आगामी चरणको आन्दोलन शान्तिपुर्ण हुने जानकारी दिएको छ भने सो मागहरु सम्बोधन नभएको खण्डमा आगामी दिनमा हुने आन्दोलबाट भएको क्षतीको जिम्मा गाउँपालिकाले लिनु पर्ने निर्णय गरिएको छ ।

यस्तै करार कर्मचारीह, व्याबसायी र उपभोक्तारुले आफ्ना नियुक्ती, नागरीकता लगायतका अन्य सबै कागजातहरु संयोजक सामु बुझाउने निर्णय गरिएको छ भने सम्बन्धीत निकायलाइ ध्यानाकर्षण गरी आगामि दिनको रणनिति तयार गरिने संयोजक बोगटीले जानकारी दिनु भएको छ ।

प्रकाशित मितिः     ३ मंसिर २०८२, मंगलवार १९:००  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *