लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्त्रगत हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै अभियान सञ्चालन गरेको छ ।

प्रविधिको सहि सदुपयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मुल नारा दिएर यो अभियान देशभर सञ्चालन भैरहेको अबस्थामा यस गाउँपालिकाले ६ वटै वडामा गएर त्यहाँका महिलाहरु र पुरुषहरुलाई भेला गराई जजचेतना दिइरहेको श्रीनगर स्वास्थ्य चौकीमा कार्यरत अनमि शरदा फडेरा थापाले बताउनु भयो ।

गाउँपालिकाले ९ गतेका दिन गाउँपालिकाको कार्यालयमा दिप प्रज्वलन गरी सुरु गरेको उक्त अभियान हरेक वडामा गएर जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी अभियान सम्पन्न गर्ने गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो । सोही अनुसार बिहिबार गाउँपालिकाको वडा नम्बर १ मा भएका उपलब्ध महिला र पुरुषहरुलाई भेला गराएर जनचेतनामुक सन्देशहरु दिएको वडा नम्बर १ का वडा अध्यक्ष अक महताराले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाका उपाध्यक्ष रोकाया, लामो समय पत्रकारीता क्षेत्रमा संलग्न नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य नवराज महतारा लगायतका वक्तहरुले स्थानीय, जिल्ला तथा देश विदेशमा भैरहेका यस किसिमका घटनाहरुका बारेमा जानकारी दिदै अवका दिनहरुमा यस किसिमका घटनाहरु हुँनबाट रोक्न सुझाब दिएका छन् ।

यस क्षेत्रमा छाउपडी, बालबिबाह, बहुबिबाह, घरेलु हिंसा लगायतका बिभिन्न खाले घटनाहरु वर्षेनी घटीरहेका छन् । कतै पुरुषहरुले महिलालाई हिंसा गरेका घटनाहरु छन् भने कतै महिलाले पुरुषलाई दमन गरेका घटनाहरु भएकाले यस्ता घटनाहरु घट्न नदिनका लागि हामी सबै महिलाहरुले यस किसिमको भेला बैठक तथा गोष्ठिमा सहभागी गराईनु पर्ने र महिलाहरु पनि सहभागि हुँनु पर्ने बताउँदै सबै महिलाहरु सचेत हुँनु पर्ने प्रशिक्षकका रुपमा ल्याइएका अनिता बुमीको भनाई छ भने पछिल्लो समय प्रबिधिको प्रयोग गरेर भएपनि हिंसा गर्ने जोकोहीलाई पनि कारबाहीको भागेदार बनाउनु पर्ने स्थानीय महिला तारा चन्दको भनाई छ ।

यस अघि अदानचुली गाउँपालिकामा मात्रै महिलाहरुले आत्महत्या गरेका घटनाहरु थुप्रै भएका तर यिनिहरु हिंसाकै कारण आत्महत्या गरेको हुँन सक्ने भएपनि यसको खोजअनुसन्धान नगरी गाउँमै मिलोमत्तो गर्ने गरेकोमा अब यस्तो गर्न नहुँने गाउँपालिकाका उपाध्यक्ष रोकायाको भनाई छ । अबपनि यस किसिमका घटनाहरु घटाउन नहुँने र यदी घटेको खण्डमा मिलोमतोको आधारमा गाउँमै मिलाउनु भन्दा कानुनी कारबाहीको दायरामा ल्याउनको लागि सबै महिला एकजुट हुँनु पर्ने बताउनु भयो ।

वडा नम्बर १ का वडा अध्यक्ष अक बहताराको अध्यक्षतामा र गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा सञ्चालन भएको भएको उक्त कार्यक्रममा वडा नम्बर १ का अधिकांस महिलाहरुको सहभागिता रहेको बताउनु भएको छ ।

प्रकाशित मितिः     १२ मंसिर २०८२, बिहीबार १६:१६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *