बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रद्धारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण गरिएको छ । देशका सबै ठाउँ बिद्युतीकरण भइसकेको समयमा टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो बिद्युतको पहँुचमा पुगाउनका लागि प्रारम्भिक लागत अनुमानका लागि बिहिबार निरिक्षण गरिएको हो ।
पटक पटक आफु बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रमा मर्मतका लागि अनुरोध गर्न गएपछि प्राबिधिक टोली मर्मतका लागि लागत अनुमान गर्न अदानचुलीमा आएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो । गतवर्ष बाढीका कारण मुहान सहित पावरहाउस बगाएको अदानचुली ३ को गोरपालीमा रहेको छहराखेत लघु जलबिद्युत आयोजनाको पावर हाउस अर्काे ठाउँमा गर्नु पर्ने भएको छ । खोलाले बगाएर बगर बनाएको पाउर हाउस पहिलेको भन्दा केही टाढा बनाउनु पर्ने भएको बैकल्पीक उर्जा प्रवद्धन केन्द्रका इन्जिनियर राजन थापा क्षेत्रीले बताउनु भयो ।
उता अदानचुली ४ को कुकुरफाल्ना लघु जलबिद्युत आयोजनाको अरु सबै संरचना राम्रो भएपनि मुल फरक ठाउँमा सार्नु पर्ने र पावर हाउसको समेत केही भागमा मर्मत गर्नु पर्ने देखिएको छ । अहिले भएको इन टेक असुरक्षित ठाउँमा रहेकाले अर्काे ठाउँमा अलि अगाडी वा पछाडी सार्नु पर्ने देखिएको छ । बिद्युतको पहुँच भन्दा बाहिर रहेको अदानचुली गाउँपालिकामा लागत अनुमानको निरिक्षण पछि अन्तिम स्टामेट आयो भने प्रवद्र्धन केन्द्रले छिटै काम अगाडी बढाउने र छहराखेत बिद्युतको पाउर हाउस फरक ठाउँमा गरिएको पनि पहिले भन्दा कम बिद्युत उत्पादन हुने भएको बताउनु भयो ।
दुबै आयोजनाको लगानी मोडालिटी तयार भएपछि बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले दीर्घकालीन ऊर्जा सुरक्षाको आधार निर्माण गरेर काम चाँडै सुरु हुने गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले बताउनु भयो । जिल्लाका सबै गाउँपालिकामा बिद्युत पहँच भएपनि अदानचुली गाउँपालिकामा नहुँदा टुकीको साहारामा बसेका नागरीकको समस्यालाइ मध्यनजर गरी आफुले समेत सबै क्षेत्र तिर दुबै बिद्युत चाडो मर्मत गर्नका लागि लागि परेको बताउनु भयो । यहाँको लागत स्टामेटको निरिक्षण सकिएपछि उहाँहरु काठमाडौं गइ अन्तिम प्रारम्भिक परिक्षण प्रतिवेदन तयार हुने बित्तिकै प्रवद्र्धन केन्द्र र अदानचुली गाउापालिकाको सहलगानीमा मर्मत सुरु हुने बताउनु बताउनु भया ।
यता कुकुरफल्ना लघु जलविद्युत आयोजना एकिकृत समाजबादीका पोलिट ब्युरो सदस्य हस्तबहादुर शाहीको अधिनमा रहेको छ भने छहराखेत लघुजलविद्युत आयोजना यस अघिका गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराको अधिनमा रहेको छ । उनिहरु दुबै जना मर्मतको लागि निरन्तर पहल गरीरहेको बताउँदै आएका छन् ।–––कालीबहादुर थापा
