एमाले केन्द्रिय सदस्यमा हुम्लाका चार जना निर्वाचित


हुम्ला । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका हुम्लाका चारै जना नेता निर्वाचित भएका छन । केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, खुला केन्द्रिय सदस्यमा गोरख बहादुर बोगटी र दल रावल, कर्णाली प्रदेश भुगोल केन्द्रिय सदस्यमा दल फडेरा र केन्द्रिय अनुशासन आयोगमा लोक बहादुर हमाल विजयी भएका छन । बोगटीले १ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ भने रावलले १ हजार १ सय ९३, फडेराले १ हजार ६ सय ९ र हमालले १ हजार ५०९ मत प्राप्त गरेका छन ।

यसअघि बोगटी स्थाइ कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रहेका थिए, रावल र फडेरा केन्द्रीय सदस्यमा दोहोरिएका हुन् भने हमाल प्रदेश कमिटीबाट केन्द्रमा फड्को मारेका हुन । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३ जना दोहोरीएका हुन भने हमाल अनुशासन आयोगमा निर्वाचित भएका छन ।

प्रकाशित मितिः     ३ पुष २०८२, बिहीबार १६:२६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *