श्रीनगर । हुम्लाकाे अदानचुली गाउँपालिका वडा नम्बर ४ को रिल्म र बिगोठी गाउँमा ठेउला (चिकेनपक्स) रोग देखिएको आशंका गरिएको छ । सो गाउँका नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो ।
गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक सन्तोष बुमीले बताउनु भएको छ ।
उहाँका अनुुसार ५५ जना बिरामीलाइ सामान्य चेक जाँच गर्दा ३५ जना बिरामी फेला परेका हुन । ठेउला रोग लागेका बिरामीमा अनुुहार, शरीर र पाखुुराभरि ठेउलाजस्तै फोका आएका छन् ।
बिरामीको शरीरमा आएको बिरामीको लक्षण हेर्दा ठेउला भएको हुन सक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना संकलन गर्न गएपछि ठेउला भएको बताउनु भएको छ ।
गाउँमा ठेउलाका बिरामी मात्रै नभएर बिभिन्न रोगको समेत प्रकोप रहेको बुमीले जानकारी दिनु भएको छ । यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर देखिएको छ ।
