सडकसँग जोडियो बिगोठी गाउँ


श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन । शनिबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्धारा निर्माण गरिएको लौठी रिल्म बिगोठी गञमिण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो ।

३ बर्ष अगाडीदेखी निर्माण थालिएको सडक बिचमा रोकिदै आजबाट औपचारीक रुपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानिय छबिलाल थापाले जानकारी दिनु भएको छ ।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला बिगोठीको गाउँ सडक सञ्जालसँग जोडिएको हो ।

सडकको निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उक्त सडकको उद्धघाटन गर्नु भएको छ । उपाध्यक्ष रोकायाले सडकको औपचारीका रुपमा उद्धघाटन गरेसँगै २ वटा बोलेर जीप एउटा टयाक्टर सहित बाइक समेत गाउँ मै पुगाइएको छ ।

अब पालिकामा भएका ६ वटै वडा औपचारीक रुपमा सडकको पहँुचसँग जोडिएका छन । यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज हुने भएको स्थानिय नागरीकको भनाइ रहेको छ ।

पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार घण्टा पैदलयात्रा गुर्नपर्थ्यो । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा केही समयमा घर पुग्ने भएपछि नागरीक खुसी भएका हुन । गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने देखिएको छ ।

प्रकाशित मितिः     १३ पुष २०८२, आईतवार ०८:०२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *