अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण


श्रीनगर । गत कार्तिक महिनाको १९ गते राती अचानक आगालागी भएको हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ३ स्थित छत्रपाल आधारभुत बिद्यालयका बिद्यार्थी र अविभावकहरुलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरिएको छ । सोमबार सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाद्धारा सो सामाग्री वितरण गरिएको हो ।

गत कार्तिक १९ गते आगालागी भएको सो बिद्यालयका ३ सय ५७ अविभावक र ३ सय ५७ बिद्यार्थी गरी ६ सय ७४ जनालाइ आगालागि प्रभावितका लागि राहत वितरण गरिएको किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले बताउनु भएको छ । अगालागी भएको सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिका तथा बालबालिकाका अविभावकहरुका साथै सम्बन्धित बिद्यालयका शिक्षकहरुका लागि सो सामाग्री प्रदान गरिएको उहाले बताउनु भएको छ ।

उहाँका अनुसार बिद्यालयमा बिद्यार्थीहरुका लागि कापी, सिसा कलम, इरेजर, नेल कटर, काइयो, पेनसिल कटर, बिद्यालय पोसाक, रुमाल, पानि खाने बोतल, नेल कटर, झोला र डटपेन लगायतका सामाग्री वितरण गरिएको छ भने अविभावककालागि टोपी, मोजा, थर्मस, ज्याकेट, सुइटर, मफलर, लगायतका न्यानो कपडा वितरण गरिएको हो । संस्थाले बिद्यार्थी र अविभावकका लागि २७ लाख ९३ हजार ४ सय ४३ बराबरको सामाग्री वितरण गरिएको छ ।

बिद्यालयमा भने आठ प्रकारका छुट्टै किटहरुमा १५ र १८ प्रकरका सामाग्री वितरण गरिएको छ । बिद्यालयमा रातीको समय आगालागी हुँदा बिद्यालयमा भएको कक्षा ८ को फर्निचर र अफिसका सबै सामान सहित हालसम्मका दस्तावेज जलेर नष्ट भएका थिए । आगालागी भएको बिद्यालयलाइ सहयोग गर्नकालागि आफुले आफ्ना डोनरहरुलाइ अनुरोध गरेको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले बताउनु भएको छ । उहाँका अनुसार बिद्यालयको भवन आगालागीले ध्वस्त भएको भएपनि आफ्नो संस्थाले गर्न सक्ने सहयोग गरेको र बाँकी आवश्यक सहयोगका लागि सम्बन्धि ठाउँमा पहल गर्न कन्जुसाइ नगर्ने बताउनु भएको छ ।

सामाग्री बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष मनोज फडेराको अध्यक्षतामा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा, १ देखी ६ सम्मका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, बिभिन्न राजनितिक खलका नेता तथा कार्यकर्ता, स्थानिय नागरीक, अबिभावक, बिद्यार्थी, सञ्चारकर्मी र सुरक्षाकर्मीको उपस्थित रहेको थियो । जाडोको समयमा सो सामाग्री पाउँदा अविभावक र बिद्यार्थी खुसी भएका छन ।

सो सामाग्रीले बिद्यालयमा बिद्यार्थीको अध्ययनसँगै उपस्थित हुन प्रेरित गर्ने देखिएको छ भने बिद्यालयमा भौतिक संरचना सहित कार्यालय ब्याबस्थापनका सामाग्रीको आवश्यक रहेको शिक्षक नन्द फडेराले बताउनु भएको छ । उहाँले अन्य सबै सामाग्री बिद्यालयमा भएपनि कक्षा कोठा र अफिस कोठा नहुँदा कक्षा ८ का सहित अन्य कक्षाका केही बिद्यार्थीलाइ चौरमा वा ।छतमा अध्ययन गराउने पर्ने बाध्यता आइलाग्ने देखिएको छ । अहिले बिद्यालय मिन पचासको दिनमा भएकाले केही नभएपनि फगुनसम्ममा कक्षा कोठा बनाउन नसकिए अध्यापन गराउन कठिनाइ हुने देखिएको छ ।

फोटो फिचर

0-3456×3456-0-0-{}-0-12#
0-4024×1784-0-0-{}-0-12#
0-4024×1784-0-0-{}-0-12#
0-4024×1784-0-0-{}-0-12#
प्रकाशित मितिः     १४ पुष २०८२, सोमबार १९:४४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *