पुस १८ हुम्ला ः चंखेली गाउँपालिकाका सबै सामदायीक विद्यालयहरु माघ १० गतेबाट सञ्चालनमा आउने भएका छन् । हिमाली जिल्ला हुम्लामा हरेक वर्ष पुषमा बार्षिक परिक्षा सञ्चालन गरी फागुन पहिलो साताबाट नयाँ शैक्षिक शत्र सञ्चालन हुँने भएपनि यस वर्ष चंखेली गाउँपालिकाले माघ १० गतेबाटै विद्यालय सञ्चालन गर्ने भएको शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख टिका उपाध्ययले बताउनु भयो ।
उहाँका अनुसार गाउँ शिक्षा समितिको बैठकले गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सामुदायिक विद्यालयहरुको वार्षिक परिक्षाको नतिजा सन्तोसजनक नभएकाले माघ १० गतेबाट थप कक्षा सञ्चालन गरि ग्रेड वृद्धि परिक्षा सञ्चालन गर्ने निर्णय भएको बताउनु भयो ।
हरेक शिक्षकहरुले मिनपचास बाट ४५ दिन पाउदै आएको विदान नसकिएको भएपनि गाउँपालिकाले थप व्यबस्था गरी विद्यालय सञ्चालन गर्न लागेको हो । यतिबेला सबै शिक्षकहरु वार्षिक परिक्षा सकाएर नतिजा प्रकासन गरी आ आफ्नो घर गएका छन् र तर वार्षिक परिक्षाको नतिजा सन्तोषजनक नभएकाले शिक्षकहरुले पाउँदै आएका मिनपचासको विदामा गाउँपालिकाले थप आर्थिक व्यबस्थापन गरी माघ १० गतेबाट विद्यालय सञ्चालन गर्ने र ग्रेड बृद्धि परिक्षा सञ्चालन गरी नतिजामा सुधान ल्याउने गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । –––कालीबहादुर थापा
