हुम्लामा स्थानीय सिमी खरिद, किसान उत्साहित


बैशाख १७ हुम्ला ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाले चालू आर्थिक वर्षमा सर्केगाड गाउँपालिकाबाट ४३ लाख १४ हजार ६ सय रुपैयाँ बराबरको २३ हजार ९ सय ७० किलो स्थानीय रैथाने बाली सिमी खरिद गरेको छ ।

खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका अनुसार उक्त खरिदले स्थानीय किसानहरूलाई आफ्नै उत्पादन उचित मूल्यमा बिक्री गर्ने अवसर प्रदान गरेको र यसबाट किसानहरू उत्साहित भएका छन् भने स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन मिलेको खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख कृष्ण थापा मगरले बताउनु भयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिमकोट शाखाले चालू आर्थिक वर्षमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै ठूलो परिमाणमा सिमी खरिद गरेको छ । शाखाले ४३ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको २३ हजार ९७० किलो स्थानीय सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहनदुर रोकायाले बताउनु भयो ।

खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख मगरले दिएको जानकारी अनुसार यसै आर्थिक वर्षभित्र हुम्ला जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाबाट समेत स्थानीय रैथाने बाली खरिद गर्ने योजना रहेको बताउनु भयो । यस कार्यक्रमले जिल्लाभरका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनको संरक्षण र बजारीकरणका लागि यस्तो पहल महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् स्थानिय स्तरमै उत्पादीत सिमी संस्थानले गर्न थालेपछि जिल्लाका किसानहरु उत्साहित भएका छन् । यता सदरमुकाम सिमकोट राष्ट्यि सडक संञ्जालसँग जोडिएपछि बजारमा अन्य खाद्यन्न सहज रुपमा उपलब्ध हुन थालेका छ ।

स्थानीय उत्पादनको बजारीकरणमा संस्थानले खेलेको भूमिकाले किसानलाई राहत पुगेको छ भने आगामी दिनमा अन्य कृषि उपजको पनि खरिद विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ । हाल कार्यालयसँग ७ हजार ८० क्वीन्टल चामल, ११ हजार ४ सय १२ केजी, २ हजार ७ सय १८ लिटर मौज्दात रहेको छ । कार्यालय प्रमुख कृष्ण थापा मगरका अनुसार, सडक पहुँच विस्तार भएसँगै निजी क्षेत्रबाट पनि खाद्यान्न आपूर्ति बढेकाले संस्थानको चामल बिक्रीमा कमी आएको बताउनु भयो ।

प्रकाशित मितिः     १७ बैशाख २०८३, बिहीबार १७:०४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *