कालीबहादुर थापा, जेठ १२ हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका सबै गाउँमा बत्ती पुगेको छ । जिल्लाको दक्षिण उत्तर तिर रहेको उक्त गाउँपालिकाका ६ वटै वडा र टोल बस्तीमा बत्ती पुगेपछि त्याहाका स्थानीय निकै खुली भएको वडा नम्बर १ का वडा अध्यक्ष विर्ष बहादुर सिंहले बताउनु भयो ।
यस अघि गाउँपालिका भित्र खारखोला जलविद्युत आयोजना, नेप्का जलविद्युत आयोजना तथा पालीमा मिनिग्रेट भएपनि वडा नम्बर १ र २ मा भने सोलार र सल्लाको दियालै बालेर बसरी रहेको भएपनि आजबाट गाउँपालिकाका सबै टोल र बस्तीमा बत्ती पुगेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो ।
कादुरी नामक संस्थाले गएको साल पुष महिनाबाट सुरु गरी करिब १६ महिना भित्र काम सम्पन्न गरी स्थानीय सरकारका प्रमुख प्यारीलाल शाही सहित गाउँपालिकाका सम्पुण जनप्रतिनिधिहरुलाई एक औपाचारिब कार्यक्रमको आयोजना गरी हस्तात्तन्त्रण गरीएको हो ।
करिब कुल ८ करोड ५६ लाखमा १ बर्ष लगाएर ७५ किलोवाट क्षमताको गाच्याखोला लघु जलबिधुत आयोजना निर्माण गरी स्थानीय सरकारलाई हस्तानतरण गरेको हो ।
सोमवार एक कार्यक्रमका बिच कादुरी संस्थाका प्रमुख प्राबिधिक डाईरेक्टर डा.नारायण गुरुङ प्रोजेक्ट मेनेजर देबेन्द्र श्रेष्ठ, सुपरभाईजर उमेश तामाङले गाउँपालिकाका अध्यक्ष शाही सहित र वडा अध्यक्षहरु र बिजुली उपभोक्ता समितिलाई संयुक्त रु गाच्याखोला लघु जलबिधुत आयोजना हस्तानतरण गरेको चंखेली गाउँपालिकाका अध्यक्ष शाहीले बताउनु भयो ।
यस गाच्याखोला लघु जलबिधुत आयोजनाले गाउँपालिकाको वडा नम्बर १ बोहोराबाडा, रिमी भण्डारीबाडा, वडा नं ०२ र ०३ देउली पागारूख बुढाथोकीवाडाका २४० घरधुरी लाभान्बित भएका छन । कैलाश मानसरवर दर्शन गर्न आएका तथा हिल्सा नाका हुदै हुम्लाबाट सिधै मुगुको राराताल दर्शन गर्न निर्मित उक्त सडक आसपासका सबै घरधुरी सँगै होलट तथा पशलहरुमा अब विद्युत बसेपछि त्यहाँका स्थानीय व्यबसायही समेत खुसी भएको वडा नम्बर २ का वडा अध्यक्ष गाविन्द बोहोराले बताउनु भयो ।
यस किसिमको अन्धकारको युगबाट उज्यालो युगको थालनी गरी सम्पन्न गरेकोमा गाउँपालिकाका अध्यक्ष शाही अत्यान्त हर्षित भएको बताउँदै यस कादुरी संस्थालाई यो महत्वपुर्ण कामको जति प्रसंशा गरे पनि प्रयाप्त नहुँने बताउनु भयो । यस गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने नेप्कामा पनि यस अघि ६० किलोवाटको विद्युत निर्माण गरी हस्तान्त्रण गरीसकेको छ ।
हिजोमात्रै हस्तान्त्रण गरीएको यस लघुजलविद्युतले गाउँपालिका भरिका नागरीकलाई पुग्ने आँकलन गरीएकाले प्राविधिक आय लगत्तै यस विद्युतलाई पनि गाउँ गाउँमा विस्तार गरीने बताए ।
