हुम्ला बाजुरा सिमा बिबादकै कारण कर्णाली करीडोर बन्द गरीएको छ । जेठ ५ गते च्इाचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाहरुले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडकखण्ड पुनः बन्द गरेका छन् ।
सुदुरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाईते भएका उपचार गगराउनु पर्ने, उक्त घटनामा संलग्न दोसीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राख्दै हिमाली युवा समुहले जेठ ७ र ८ गते कर्णाली करिडोरको पिलुचौर देखी कुवाडी खोला सम्म सडकमा टायर बाली नाराबाजी सहित सडक पुर्ण रुपमा बन्द गरेका थिए ।
उक्त सडकमा हुम्लाका नागरीक मात्रै नभएर मुगु र हुम्ला सहित कैलाश मानसरवर दर्शन गर्ने नागरीकहरु समेत अलपत्रममा परेका थिए । उतिबेला धुलाचौरमा रहेका हुम्लाका नागरीकहरुले गर्दै आएका व्यबसाय समेत बन्द गरीएका थिए । उक्त बन्द पश्चात जिल्ला प्रशासन कार्यालय बाजुराले सहजीकरण गरी ६ बुँदे माग राख्दै २४ घण्टाको लागि बन्दलाई स्थगीत गरेकोमा आफ फेरी अनिश्चितकालीन बन्दको घोषणा गरीएको छ ।
लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का बनाउने, उत्तः घटनामा संलग्न जा कोही दोषीीलाई कानुनी दायरामा ल्याउने तथा लुटीएका व्क्तिगत तथा सार्वजनीक सम्पतीहरुको क्षेतीपुर्ति पिडितलाई उपलब्ध गराउने, कुटपिट मार्फत घाइते भएकाहरुको उपचारका लागि पिडक पक्षले पिडित पक्षलाई उपचारको पुर्ण क्षेतिपुर्ति उपलब्ध गराउने, लाम्पाटा, च्याचौराका विस्तापित परिवारलाई स्थापित गरी सुरक्षाको प्रत्याभुति दिलाउने, प्रहरी चौकी निर्माण कार्य अघि बढाउने लगायतका मागहरु पुरा गर्नको लागि २४ घण्टाको अल्ल्टीमेटम दिएर सडक सुचारु गरीएको थियो ।
जेठ ८ गते बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले गरेका माथि उल्लेखीत कार्यहरु हुम्ला पक्षले कुनै सुरुरु नगरेको भन्दै आज फेरी ५ बुद्धे माग राख्दै अनिश्चितकालीन सडक अबरुद्ध गरीएको छ । हिमाली युवा क्लब द्धारा जारी गरीएको प्रेष विज्ञप्ती अनुसार माथि उल्लेखीत यस अघि सर्बदलीय सर्बपक्षिय बैठक द्धारा गरीएका कार्यहरु पुरा नभएसम्मको लागि सडक पुर्णरुपमा बन्द गरीएको उल्लेख गरीएको छ । यता हुम्ला जिल्ला प्रशासन कार्यालयले जिल्लाको सामुहिक धारण तय गर्नको लागि अहिले सर्बदलिय तथा सर्बपक्षिय बैठक बसी रहेको जनाएको छ ।
