हुम्ला वाजुरा जिल्लाको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले आयोजना गरेको जिल्ला प्रशासन कार्यालय घेराउमा जिल्लाका जनप्रतिनिधिहरु सहित राजनितिक दलहरुले ऐकेवद्धता जनाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरु र राजनीतिक दलका नेताहरु जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् ।
हुम्ला र बाजुराको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा रानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना गरेका छन् । बिबाद समाधान भन्दा पनि एकतर्फी रुपमा लाम्पाटामा संयुक्त सुरक्षा वेसक्याम्प स्थापना गरेको भन्दै हुम्लावासीको तर्फबाट जनप्रतिनिधिहरु, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरुद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्य भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।
अभियानले धर्नामा वस्नको कारण खुलाउँदै आफ्ना मागहरु सरकारसँग राखेको बताउनु भएको छ । जसमा लाम्पाटामा सहमतिविना र पूर्वाग्राही ढङ्गले स्थापना गरिएको संयुक्त सुरक्षा वेस क्याम्प नेपाल सरकारद्वारा गठित सिमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्म वाजुराको गुम्बामा स्थापना गर्नुपर्ने माग राखिएको अभियानका संयोजक समेत रहेका नेकपा एमाले हुम्लाका उपाध्यक्ष प्रकास बहादुर शाहीले बताउनु भयो ।
त्यति मात्र नभई लाम्पाटामा सहमतिविना र पुर्वाग्राही ढंगले स्थापना गरिएको सम्युक्त सुरक्षा वेस क्याम्प नेपाल सरकारद्धारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्म वाजुराको गुम्बामा स्थापना गर्नुपर्ने, मानवीय सम्वेदनशीलता र अत्यावश्यक कामसंग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक पटक बन्द गर्ने निहीत स्वार्थ र शर्त अन्त्य गर्नुपर्ने, अभद्र व्यवहार र वन तस्करी मुद्दाका बाजुरेली अभियुक्तहरुलाई तुरुन्त पक्राउ गरि निर्दोश हुम्लीमाथि लगाईएको झुट्टा मुद्दा खारेज गनु पर्ने र प्रमाण भन्दा प्रतिशोध अनि भुगोल भन्दा गुगलको आधारमा बाजुराले प्रायोजित रुपमा सिर्जना गरिएको सिमा विवाद अन्त्य गर्न समितिले यथासक्य कार्य प्रारम्भ गरि प्रतिबेदन सार्वजनिक गर्नुपर्ने मागहरु रहेका छन ।
त्यति मात्र नभई लाम्पाटामा सहमतिविना र पुर्वाग्राही ढंगले स्थापना गरिएको सम्युक्त सुरक्षा वेस क्याम्प नेपाल सरकारद्धारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्म वाजुराको गुम्बामा स्थापना गर्नुपर्ने, मानवीय सम्वेदनशीलता र अत्यावश्यक कामसंग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक पटक बन्द गर्ने निहीत स्वार्थ र शर्त अन्त्य गर्नुपर्ने, अभद्र व्यवहार र वन तस्करी मुद्दाका बाजुरेली अभियुक्तहरुलाई तुरुन्त पक्राउ गरि निर्दोश हुम्लीमाथि लगाईएको झुट्टा मुद्दा खारेज गनु पर्ने र प्रमाण भन्दा प्रतिशोध अनि भुगोल भन्दा गुगलको आधारमा बाजुराले प्रायोजित रुपमा सिर्जना गरिएको सिमा विवाद अन्त्य गर्न समितिले यथासक्य कार्य प्रारम्भ गरि प्रतिबेदन सार्वजनिक गर्नुपर्ने मागहरु रहेको बताउनु भयो ।
धर्ना कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंह, सिमकोट र नाम्खा गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, तकदिर लामा, नेपाली काँग्रेसका उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, रास्वपा प्रतिनिधि कर्णवीरबहादुर शाही, वडा अध्यक्ष, उद्योग वाणिज्य संघ, नागरिक समाजका अगुवाहरु समेत धर्नामा बसेका हुँन् ।
