अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न


बहुक्षेत्रीय पोषण अन्त्रगत अदानचुली गाउँपालिका स्तरीय पोषण तथा सुरक्षा योजना निर्देशक समितिको बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष समेत रहेका निर्देशक समितिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा आज गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बैठक बार्षिक कार्यक्रम अनुसार पोषणा मैत्री नमुना गाउँ छनौटकार्यक्रम अन्गत वडा नम्बर ४ र ५ मा सडक नाटक प्रदशन गर्ने तथा सुनौला हजार दिनका विपन्न महिलाहरुको पोषण सुधारको लागि आय आर्जन सुधार कार्यक्रमको लागि वडा नम्बर १,२ र ३ का बस्तीहरुमा लागु गर्ने निर्णय गरिएको पोषण फोकल प्रशस समेत सहेका स्वास्थ्य शाँखा प्रमुख विनोद बुढाले बताउनु भयो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्दविर शाहीले यस किसिमका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन र यहाँका क्रमचारीहरुलाई निरन्तर चलायमान बनाउनको लागि स्थानीय सरकारबाट बजोटको व्यबस्था गर्नको लागि पनि छलफल गर्न आगह गर्दै भन्नु भयो ।

गाउँपालिकाका अध्यक्ष मोहनविकम सिंहले सबैको सर्बसहमतीमा यस किसिमको निर्णय भएकाले यसको प्रभावकारी कार्यान्वयन गर्नपनि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आगामी दिनहरुमा पनि पोषणका कार्यक्रमहरुलाई अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्दै भन्नु भयो.

उक्त बैठक गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर सिंह, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु सहित सबै शाँखाका प्रमुखहरुको उपस्थीती रहेको पोषण शाँखा प्रमुख केशब ऐडीले बताउनु भयो ।

प्रकाशित मितिः     ६ असार २०८३, शनिबार १९:३४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *