अदानचुलीले गर्यो ३८ करोड बढिको बजेट सार्वजनिक(अडियो सहित)


अदानचुली गाउँपालिकाले पनि बुधबार निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दिनभर बसेको गाउँ कार्यपालिकाको बैठकले साँझ अबेर तिर गाउँसभा गरी निति कार्यक्रम तथा बजेट पनि विनियोजन गरीएको गाउँसभाका सचिब समेत रहेका प्रमुख प्रशासकिय अधिकृत चन्दविर शाहीले बताउनु भयो । उहाँका अनुसार गाउँसभाको सुरुमै गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले गाउँपालिकाले आगामि आर्थिक वर्षमा के कस्ता नितिहरु अवलम्बन गरीनेछ भन्ने समेटिएको निति तथा कार्यक्रम सभामा पेश गर्नु भएको र उक्त निति तथा कार्यक्रम बहुमतले पास भएको बताउनु भएको छ ।

गाउसभाका अध्यक्ष मोहन विक्रम सिंहले आगामि आर्थिक वर्षमा विभिन्न साझेदार निकायहरुको समन्वयमा कवर्ड हल निमार्ण गरीने, गल्फागाड देखी श्रीनगर सम्मको सडकलाई कालो पत्रे सम्पन्न गरीने र गाउँपालिकाको पशासकिय भवन निर्माण कार्यलाई अघि बढाईने बताउनु भयो…….

निति तथा कार्यक्रमबहुमतले पास गरेपश्चात गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै ३८ करोड ९७ लाख ८८ हजार २१८ रुपियाँको बजेट सभामा पेश गर्नु भएको हो जसमा कुल बजेटमध्ये १९ करोड २० लाख ९६ हजार २१८ रुपियाँ चालुतर्फ र १९ करोड ७६ लाख ९२ हजार रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ ।

उपाध्यक्ष रोकाया द्धारा प्रस्तुत बजेट विनियोजनामा टुक्रा टुक्रा नपारेपनि विभिन्न ५ वटा समितिमा भने विनियोजन गर्नु भएको छ जसमा भौतिक पुर्वाधार विकास तर्फ १९ करोड ४८ लाख ९४ हजार १ सय ९ रुपैँया, सामाजिक विकास तर्फ रु ७ करोड ७९ लाख ५७ हजार ६ सय ४३, आर्थिक विकास तर्फरु ५ करोड ८४ लाख ६८ हजार २ सय ३२ रुपौया, वातावरण तथा विपद् व्यवस्थापन तर्फ जम्मा बजेट रकम रु ३ करोड ८९ लाख ७८ हजार ८ सय २१ रुपैँया र संस्थागत विकास तथा सेवा प्रवाह तर्फरु १ करोड ९४ लाख ८९ हजार ४ सय १० रुपैँया विनियोजन गर्नु भएको छ तर यसको लागि आगामी आर्थिक वर्षको लागि आय तर्फ खर्च व्यहोर्ने स्रोतहरु भने आन्तरिक राजस्व १० लाख उठाउने र अन्य स्रोत भने संघ र प्रदेशकै रहेको बताउदै भन्नु भयो…..

प्रकाशित मितिः     ११ असार २०८३, बिहीबार २१:२४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *