ताँजकोट गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।


हुम्लाको ताँजकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो ।

उहाँका अनुसार आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदासहित असार १५ गते सोमबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसका अवसरमा दिएको सार्वजनिक बिदाको दिनमा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन हुने बताउनु भयो । उहाँले बिदाका कारण विकास निर्माण, प्रशासनिक तथा वित्तीय काम प्रभावित हुन सक्ने भएकाले यसपटक बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरिएको बताउनुभयो ।

कार्यालय सञ्चालन हुने भएकाले आवश्यक सेवा लिन सेवाग्राहीलाई कार्यालयमा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ । यस सम्बन्धमा गाउँपालिकाले शुक्रबार साँझ सूचना जारी गर्दै बिदाका दिन पनि नियमित रूपमा सेवा प्रवाह हुने जानकारी दिएको छ ।

प्रकाशित मितिः     १३ असार २०८३, शनिबार ०८:४१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *