सर्केगाड गाउँपालिका वडा नम्र १ जैका योजनाहरुको रकम वितरण नभएको गुनासो आएको छ । गत वर्षहरुका ४ वटा योजनाहरुको सम्बन्धीत निकायले भुक्तानी गरेपनि नागरिकहरुले पैसा नपाएको वडा नम्बर १ का स्थानीय प्रयोगलाल बुढाले गुनासो गर्नु भएको छ । उहाँका अनुसार गत वर्षहरुका रोणिमा देखी तातापानी सम्मको २२ लाख, संसद विकास कोषको मयपाटा देखी मडापोल्ना सम्मको बाटो, लुम सिचाई योजना र नात्ता सिचाई योजनाको रकम गाउँमा वितरण नभएको बताउनु भएको छ । यति मात्र नभई गत वर्षका जम्मा २१ वटा योजनाहरुको रकम पनि वितरण नभएको र वितरण नहुँनुमा जनप्रतिनिधिहरुको समेत संलग्नता रहेको बताउँदै भन्नु भयो………….
यता उक्त वडाका वडा अध्यक्ष बलबहादुर कार्कीले भने यसमा आफुहरुको कुनै संलग्नता नरहेको बताउनु भएको छ । गत वर्षका भनिएका योजनाहरु आफ्नो कार्यकालका नभई पहिलेकै योजनाहरु भएको र उनिहरु अख्तियार समेत धाएको बताउनु भएको छ । गत वर्षका भने सर्केगाड बैंकले धान्न नसकेपछि केहिले सिमकोट गएर पैसा ल्याएको र केही पैसा योजनाहरुको खातामै रहेकाले अबको केहि दिनमा वितरण गरीने बताउँदै भन्नु भयो……
सर्केगाड गाउँपालिका वडा नम्बर १ जैर मात्र नभई अधिकांस गाउँहरुमा यस्तै योजनाहरुको उपभोक्ता समितिहरुले गाउँमा पैसा वितरण नगरेको गुनासो गरेका छन् । अदानचुली गाउँपालिकाको खानेपानी उपभोक्ता समितिले पनि कल्खेमा रहेको खानेपानी ट्ंकीको २० लाख रुपैया अहिले सम्म गाउँमा वितरण नगरेको गुनासो गरेका छन् उक्त रकम गतवर्ष नै निकासा भैसकेको भएपनि गाउँलेहरुले अहिले सम्म कुनै पैसा नपाएको त्यहाँका स्थानीय नागरिकहरुले गुनासो गरेका छन् ।
