ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागीमा संलग्न दुई जना पक्राउ, ७ दिन म्याद थप


ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताउनु भयो । उहाँका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली घटनास्थलमा खटिई सूक्ष्म अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र ताँजाकोट गाउँपालिकाको पुर्वस्वास्थ्य शाखामा कार्यरत करिब ४५ वर्षीय धनराज ढकाल घटनामा संलग्न देखिएपछि पक्राउ गरिएको बताउनु भयो ।

पक्राउ परेका दुवै जनालाई कानुन बमोजिम हुम्ला जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेका र आगलागीको वास्तविक कारण तथा घटनामा उनीहरूको संलग्नतासम्बन्धी थप तथ्य अनुसन्धान पूरा भएपछि खुल्ने प्रहरीले जनाएको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     २२ भाद्र २०८३, सोमबार १७:११  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *